close

गुगल म्यापबाट यसरी सहजै नाप्नुहोस्, कुनै पनि स्थानबीचको दूरी

टेकपाना टेकपाना

साउन २०, २०७८ २०:३६

गुगल म्यापबाट यसरी सहजै नाप्नुहोस्, कुनै पनि स्थानबीचको दूरी

काठमाडौं । आजको समयमा कतै नचिनेको ठाउँमा जानुपर्‍यो भने हामी मध्ये धेरैजसोले गुगल म्यापको सहयोग लिने गर्छौँ । गुगल म्यापले हाम्रो गन्तव्यमा पुग्न मद्दत मात्र गर्दैन, यसले पुग्ने समय पनि बताइदिन्छ ।

तर के तपाईंलाई थाहा छ, गुगल म्यापबाट कुनै दुई स्थान बीचको दूरी समेत मापन गर्न सकिन्छ । आज हामी तपाईंलाई गुगल म्यापको सहयोगले कुनै दुई स्थान बीचको दूरी कसरी नाप्ने भन्ने बारेमा बताउँदै छौं । 

डेस्कटपमा दूरी नाप्ने तरिका 

गुगल म्याप खोलेपछि कुनै एक स्थानको लोकेसन (तपाईंले नाप्न खोजेको दुरीको एउटा विन्दु) को पोइन्टमा राइट क्लिक गर्नुहोस् र ‘मेजर डिस्टेन्स’ अप्सन छनौट गर्नुहोस् ।

यति गरिसकेपछि सिधा दूरी नाप्न चाहनुहुन्छ भने अर्को विन्दुमा ‘लेफ्ट क्लिक’ गर्नुहोस् । 

यदि तपाईंले नाप्न खोजेको दूरी केही घुमाउरो छ भने अर्को विन्दुको दिशामा एकपछि अर्को गर्दै ‘लेफ्ट क्लिक’ गर्दै जानुहोस् । 

यसक्रममा तपाईंले एउटा कालो धर्सो देख्नुहुनेछ, जसले तपाईंले छनौट गरेको एउटा लोकेसनदेखि अर्को लोकेसनसम्मको दूरी देखाउँछ । 

सो चिन्ह हटाउन चाहनुहुन्छ भने तपाईंले पुनः कुनै एउटा लोकेसनमा क्लिक गर्नुपर्ने हुन्छ अथवा मेजरमेन्ट देखाइएको बक्समा भएको ‘X’ चिन्हमा क्लिक गर्न पनि सक्नुहुन्छ । 

साथै कालो धर्सा बीचमा रहेको कुनै एक विन्दुमा ‘राइट क्लिक’ गरी ‘क्लियर मेजरमेन्ट’मा क्लिक गर्दा पनि हुन्छ ।

मोबाइलमा के गर्ने ? 

यसका लागि सबैभन्दा पहिला गुगल म्याप खोल्नुहोस् र दुरी मापन गर्न चाहेको एउटा लोकेसनमा रातो चिन्ह नआएसम्म थिची राख्नुहोस् । 

अब स्क्रिनको तल्लो भागमा आउने लोकेसनको नाममा दबाउनुहोस् । 

त्यसपछि मेजर डिस्टेन्स अप्सन छनौट गर्नुहोस् ।

र म्यापलाई त्यहाँ आउने कालो रंगले घेरिएको सेतो थोप्ला दुरी मापन गर्न चाहेको अर्को लोकेसनमा पर्नेगरी ड्र्याग गर्नुहोस् । 

यति गरेसँगै तपाईंले स्क्रिनको तल्लो भागमा ती दुई स्थान बीचको दूरी देख्न सक्नुहुन्छ । 

साथै यसबाट आफू अनुकुलको बाटो अथवा घुमाउरो गरी दूरी नाप्न पनि सकिन्छ । यसका लागि लोकेसन जीपीएस जस्तो देखिने अघिको आइकनलाई एक लोकेसनबाट अर्को लोकेसनतर्फ पर्नेगरी राख्नुहोस् र प्लस आइकन थिच्नुहोस् । त्यसपछि पुनः त्यसैगरी उही दिशामा अर्को स्थानमा राखेर प्लस बटन दबाउनुहोस् । 

यसरी तपाईंले सहजै कुनैपनि स्थान बीचको दूरी मापन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१