close

थप ६ ठाउँमा विस्तार हुँदै सिजी नेट

टेकपाना टेकपाना

साउन २०, २०७८ ११:३४

थप ६ ठाउँमा विस्तार हुँदै सिजी नेट

काठमाडौं । सस्तो मूल्यमा १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने घोषणासहित बजार प्रवेश गरेको सिजी नेटले काठमाडौंका थप ६ ठाउँमा आफ्नो इन्टरनेट उपलब्ध गराउने भएको छ ।

कम्पनीले साउन २३ मा सतुङ्गल, साउन २६ मा महाराजगञ्ज्, साउन २७ मा बालाजु र छाउनी, साउन ३१ मा कोटेश्वर र भदौ ३ मा कलंकीमा इन्टरनेट विस्तार गर्न लागेको जानकारी दिएको छ ।

उल्लेखित क्षेत्रका उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको २४ घण्टाभित्र उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीले भ्याटबाहेक ९९९ रुपैयाँमै १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । कम्पनीले यसै वर्ष देशैभर आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।

वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१