close

‘फर्च्युन ग्लोबल ५००’ को सूचीमा साओमीको छलाङ

टेकपाना टेकपाना

साउन २०, २०७८ १४:४०

‘फर्च्युन ग्लोबल ५००’ को सूचीमा साओमीको छलाङ

काठमाडौं । साओमी सन् २०२१ फर्च्युन ग्लोबल ५०० को ३३८ औं मा उक्लिएको छ । योसँगै साओमी लगातार तेस्रो वर्ष फर्च्युन ग्लोबल ५०० को सूचीमा पर्न सफल भएको हो ।

सन् २०२० मा ४२२ औं स्थान रहेको कम्पनी एकैपटक ८४ स्थानमाथि उक्लिएको हो । यो २०२१ मा इन्टरनेट र रिटेलतर्फ सबैभन्दा तीव्र गतिमा वृद्धि गर्ने कम्पनीसमेत बनेको छ ।

‘हाम्रा विगतका उपलब्धिहरूको तुलनामा यो निकै नै ठुलो उपलब्धि हो,’ साओमीका संस्थापक अध्यक्ष एवं सीईओ लेई जूनले भने, ‘साओमी अझै एक युवा महत्वाकाक्षी कम्पनी हो । म विश्वभर हाम्रा साओमीका प्रशंसकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । किनकि तपाईंहरुको अटल समर्थनले साओमीलाई यति जीवन्त र ऊर्जावान् बनाउन मद्दत गरेको छ । मलाई लाग्छ कि साओमीको लागि कुनै पनि सीमा छैन र म विश्वस्त छु कि मानिसहरूले भविष्यमा यसलाई अझ बलियो, शक्तिशाली साओमी को रुपमा देख्न पाउनेछन् ।’

साओमीको वार्षिक प्रतिवेदनअनुसार सन् २०२० मा आरएमबी (चिनियाँ मुद्रा) २४५.९ बिलियन थियो । जसले साओमीलाई २०२१ को फर्च्युन ग्लोबल ५०० को सूची मा ३३८ औं स्थानमा उक्लिन मद्दत गरेको हो ।

अझ २०२१ को पहिलो त्रैमासिक कम्पनीका लागि अझै प्रभावकारी भएको छ । उक्त अवधिमा कम्पनीले आरएमबी ७६.९ बिलियन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४.७ प्रतिशत वृद्धि हो । भने, खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६३.८ प्रतिशतले वृद्धि हुँदै आरएमबी ६.१ बिलियन भएको छ ।

यसले आगामी दिनमा कम्पनीलाई अझ अघि बढाउन मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१