close

टेलिकमको मोबाइल रिचार्जमा देखिएको समस्या समाधान

टेकपाना टेकपाना

साउन २१, २०७८ १३:८

टेलिकमको मोबाइल रिचार्जमा देखिएको समस्या समाधान

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल सेवाको रिचार्जमा देखिएको समस्या समाधान भएको छ । बुधबार बिहानैदेखि कम्पनीको टपअप (अनलाइन रिचार्ज) मा समस्या आएको थियो ।

जसले गर्दा ईसेवा, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेट तथा मोबाइल बैंकिङबाट रिचार्ज सम्भव भइरहेको थिएन । करिब साढे ५ घण्टापछि उक्त समस्या समाधान भएको छ ।

अब वालेट तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सहज रुपमा मोबाइलबाटै टेलिकमको मोबाइल रिचार्ज गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१