close

टेलिकमको सीयूजीमा अनलिमिटेड कलसँगै आकर्षक भ्वाइस, डेटा र एसएमएस प्याकेज

टेकपाना टेकपाना

साउन २२, २०७८ १४:४३

टेलिकमको सीयूजीमा अनलिमिटेड कलसँगै आकर्षक भ्वाइस, डेटा र एसएमएस प्याकेज

काठमाडौं । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप –सीयूजी सेवामा आकर्षण बढ्दो छ । कुनै संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी तथा सदस्यहरूलाई लक्षित गर्दै ल्याइएको सीयूजीमा थुप्रै आकर्षक प्याकेजहरू उपलब्ध छन् ।

टेलिकमको सीयूजीमा न्यूनतम दश जना मोबाइल प्रयोगकर्ताहरूलाई आबद्ध गराउन सकिन्छ । यो सेवामा आबद्ध सदस्यहरूबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न पाइन्छ ।

साथै सस्तो दरमा डेटा चलाउन र एसएमएस पठाउन पनि सकिन्छ । यतिमात्र होइन, सीयूजीमा आबद्ध नभएका नेपाल टेलिकमका अन्य नम्बरमा समेत सुलभ दरमा कुराकानी गर्न सकिन्छ । 

कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरूको आवश्यकतालाई दृष्टिगत गर्दै कम्पनीले दुई सय, पाँच सय, एक हजार र १५ सय रुपैयाँ दरका विभिन्न सीयूजी प्याकेजहरू ल्याएको छ । कम्पनीले उपलब्ध गराइरहेको यो सेवामा प्रिपेड मोबाइलका ग्राहकले दुई सय रुपैयाँको प्याकेज अन्तर्गत ग्रुपका सदस्य नम्बरमा अनलिमिटेड कल गर्न पाउँछन् ।

त्यस बाहेक एक सय मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कभित्र) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० ओटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने गरी एक जीबी डेटा सुविधा प्राप्त गर्न सक्छन् ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले पाँच सय रुपैयाँको प्याकेज अन्तर्गत ग्रुपमा आवद्ध नम्बरमा अनलिमिटेड कलसँगै पाँच सय मिनेट अन नेट तथा ५० मिनेट अफ नेट भ्वाइस कलको सुविधा, सय ओटा अन नेट एसएमएस र ३० ओटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डेटा सुविधा प्राप्त गर्न सकिन्छ ।

यस बाहेक कम्पनीका पोस्टपेड मोबाइल प्रयोगकर्ताले एक हजार र १५ सय रुपैयाँका अन्य प्याकेज समेत प्रयोग गर्न सक्छन् । एक हजार रुपैयाँको प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा एक हजार मिनेट कल गर्न सकिन्छ ।

साथै अन्य नेटवर्कमा एक सय मिनेट कल गर्ने सुविधाका साथै १० जीबी डेटा र दुई सय ओटा एसएमएस पठाउन सकिन्छ । यसैगरी १५ सय रुपैयाँको प्याकेज अन्तर्गत सीयूजी ग्रुपमा रहेका नम्बरमा निःशुल्क कलसँगै कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५ सय मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ ।

यो प्याकेजमा अन्य नेटवर्कमा दुई सय मिनेट कलका अतिरिक्त २० जीबी डेटा चलाउन र चार सय ओटा एसएमएस पठाउन सकिन्छ । कुनै संस्था वा कार्यालयले सीयूजी सेवा लिन चाहेको खण्डमा आवश्यक मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज उल्लेख गरेको पत्रसहित कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

न्यूनतम १० जना प्रिपेड/पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटेर आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो सेवाका बारेमा थप जानकारी लिनका लागि ०१–४२१०२४१ र ०१–४२१०२९१ मा सम्पर्क गर्न सकिनेछ । यसैगरी यहाँ क्लिक गरी कम्पनीको वेबसाइटबाट पनि यस सम्बन्धी जानकारी लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१