close

स्टार्टअप र शैक्षिक प्रमाणपत्रको धितोमा उपलब्ध गराइने कर्जा प्रभावकारी बनाउन निर्देशन

टेकपाना टेकपाना

साउन २२, २०७८ १७:३१

स्टार्टअप र शैक्षिक प्रमाणपत्रको धितोमा उपलब्ध गराइने कर्जा प्रभावकारी बनाउन निर्देशन


काठमाडौं । संसदको (प्रतिनिधि सभा) अर्थ समितिले युवा उद्यमीलाई उपलब्ध गराउने भनिएको २५ लाख रुपैयाँसम्मको पुँजी कर्जालाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । मौद्रिक नीतिको कार्यान्वयन अवस्था र चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको तयारी सम्बन्धमा शुक्रबार नेपाल राष्ट्र बैंकसँग बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

समितिले युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले अघि बढाइएको स्टार्टअप कर्जालाई प्रभावकारी बनाउन राष्ट्र बैंकलाई निर्देशन दिएको हो । ‘स्टार्टअप परियोजना धितो राखी एक प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्म पूँजी कर्जा उपलब्ध गराउने कार्यक्रमलाई मौद्रिक नीतिमार्फत प्रभावकारी बनाउनु,’ समितिको निर्णयमा भनिएको छ ।

त्यस्तै समितिले युवालाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा उपलब्ध गराउने सरकारको निर्णयलाई समेत प्रभावकारी बनाउन निर्देशन दिएको छ । सरकारले अधिकतम पाँच प्रतिशत ब्याज दरमा युवालाई आफ्नो शैक्षिक प्रमाणपत्र राखेर २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । उक्त व्यवस्थालाई समेत मौद्रिक नीतिमार्फत प्रभावकारी रुपमा अघि बढाउन समितिले निर्देशन दिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१