close

डिजी लिंक नेटवर्कलाई इन्टरनेट सेवाप्रदायकको अनुमति

टेकपाना टेकपाना

साउन २३, २०७८ ७:२७

डिजी लिंक नेटवर्कलाई इन्टरनेट सेवाप्रदायकको अनुमति

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले डिजी लिंक नेटवर्क प्रालिलाई इन्टरनेट सेवाप्रदायकको इजाजत प्रदान गरेको छ । प्राधिकरणबाट शुक्रबार इन्टरनेटसहित ईमेल सेवाकाे अनुमति पत्र पाएसँगै डिजी लिंकले चाँडै नै इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

‘केही प्राविधिक तयारी बाँकी छन् , एक हप्ताभित्र सम्पूर्ण तयारी पुरा गरिने छ । हामी भदौ दोस्रो सातादेखि सेवा प्रारम्भ गर्ने तयारीमा छौं,’ डिजी लिंकका अध्यक्ष विपिन वाग्लेले बताए ।

कास्कीकाे पोखरा महानगरपालिकाका केही स्थान, तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिकाका लगायतका स्थानमा नेटवर्क विस्तारको काम भइरहेको र अन्तिम चरणमा रहेको अपरेसन डिरेक्टर मदन केसीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३