close

अनलाइनबाट यसरी गर्नुहोस् अन्त:शुल्क इजाजतपत्र नवीकरण

टेकपाना टेकपाना

साउन २३, २०७८ १५:४६

अनलाइनबाट यसरी गर्नुहोस् अन्त:शुल्क इजाजतपत्र नवीकरण

काठमाडौं । आन्तरिक राजश्व विभागले अनलाइन माध्यमबाट नै अन्त:शुल्क इजाजतपत्र नवीकरण गर्न मिल्ने प्रणालीको व्यवस्थापन गरेको छ ।

यदि तपाईंको पनि अन्त:शुल्क इजाजतपत्र नवीकरण भएको छैन भने उल्लेखित विवरणअनुसार अनलाइनबाट नै आफ्नो इजाजतपत्र नवीकरण गर्न सक्नुहुन्छ: 

  • विभागको वेबसाइटमा जानुहोस् ।
  • त्यहाँ भएको Tax Payer Portal मा लगइन गर्नुहोस् ।
  • ‘Excise’ मेनुभित्र रहेको Self Renew Permit मा क्लिक गर्नुहोस् ।
  • त्यहाँ गएर e-permit renew मा क्लिक गर्नुहोस् र करदाताको प्यान र पर्मिट नम्बर राखेर रजिष्टरमा क्लिक गर्नुहोस् । यसपछि तपाईंले तिर्नुपर्ने करको रकम स्क्रिनमा देखापर्छ । 
  • त्यसपछि रकम भुक्तानीको लागि बैंक छनौट गर्नुहाेस र सब्मिट गर्नुहोस् ।
  • यसपछि त्यहाँ प्राप्त बैंक भौचरमा आवश्यक विवरण भरेर करदाताले कनेक्ट आईपीएसमार्फत उक्त दस्तुर दाखिला गर्नसक्नु हुनेछ । यदि बैंकमा गई नगद दाखिला गर्ने हो भने सो भौचरको कारोबार संकेत नम्बर टिपेर बैंकमा गएर सो कारोबार संकेत पेश गरी दस्तुर दाखिला गर्न सकिन्छ । 

करदाताले बैंकमा गई भौचर दाखिला गर्ने र सो भौचर बमोजिम इजाजतपत्र नवीकरण गर्न कार्यालयमा निवेदन दिने हालको पद्दतिले गर्दा कतिपय अवस्थामा करदाताको स्थायी लेखा नम्बर, राजस्व शीर्षक नम्बर, कार्यालय कोड र रकम आदिमा त्रुटि हुने सम्भावना रहेको र दिनहुँ धेरै भौचरहरु संशोधन हुने गरेको कारणले करदाता र कर प्रशासन दुबैको समय र लागत बढेको र सेवा प्रवाह झन्झटिलो भएको थियो ।

यही समस्यालाई सम्बोधन गर्नको लागि अनलाइन प्रणाली सुरु गरेको विभागले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३