close

भोलिदेखि ग्यापुको टिकटक कम्पिटिशन, उत्कृष्ट भिडिओले एक लाख पाउने

टेकपाना टेकपाना

साउन २३, २०७८ १९:३९

भोलिदेखि ग्यापुको टिकटक कम्पिटिशन, उत्कृष्ट भिडिओले एक लाख पाउने

काठमाडौं । ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै भोलिदेखि नयाँ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

‘ग्यापु टिकटक हिरोज’ नामक साे प्रतियोगितामा पहिलो हुने टिकटक पोस्टले एक लाख नगद पाउने छ । त्यस्तै दोस्रो र तेस्रोलाई क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै शीर्ष ५० मा पर्न सफल प्रतियोगीहरुले आकर्षक गिफ्ट ह्याम्पर पाउने कम्पनीले जनाएकाे छ ।

याे प्रतियाेगितामा नृत्य, गायन, पेन्टिङ, कमेडी वा जुनसुकै विधाका टिकटक पोस्ट मान्य हुने बताइएकाे छ । भोलि आइतबारदेखि साउन ३१ सम्म रजिष्ट्रेसन फर्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रजिष्ट्रेसन लिंक र थप विवरण भाेलि नै सार्वजनिक हुने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३