close

अमेरिकी कालोसूचीमा परेपछि ह्वावेको आम्दानीमा अहिलेसम्मकै ठूलो गिरावट

टेकपाना टेकपाना

साउन २३, २०७८ २०:४८

अमेरिकी कालोसूचीमा परेपछि ह्वावेको आम्दानीमा अहिलेसम्मकै ठूलो गिरावट

काठमाडौं । सन् २०२१ को पहिलो ६ महिनामा नै चीनको सबैभन्दा ठूलो प्रविधि कम्पनी ह्वावेको आम्दानीमा अहिलेसम्मकै ठूलो गिरावट आएको छ । अमेरिकाले ह्वावेलाई कालोसूचीमा राखेपछि विश्वभरी नै यसको स्मार्टफोनको बिक्रीमा ठूलो असर परेको छ ।

जसले गर्दा ह्वावेले इतिहासकै ठूलो घाटा बेहोर्नु परेको हो । फाइनान्सियल टाइमसँग कुरा गर्दै ह्वावेका अध्यक्ष एरिक जूले अमेरिकी दबाबको बावजुद पनि बजारमा टिक्नु नै कम्पनीकाे पहिलो प्राथमिकता रहेको बताएका छन् ।

‘हामीले आउने पाँच वर्षका लागि हाम्रो रणनीतिक लक्ष्य तय गरेका छौं र हाम्रो लक्ष्य भनेको नै बजारमा टिकिरहनु हो, त्यो पनि दिगो रुपमा,’ उनले भने ।

सन् २०१९ मा अमेरिकाले गम्भीर सुरक्षा कमजोरी देखाउँदै ह्वावेमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता अमेरिका ह्वावेमाथि कडा रुपमा प्रस्तुत हुँदै आएको थियो ।

ह्वावेका लागि आवश्यक अमेरिकी प्रविधिहरू आपूर्ति गर्ने कुनै पनि कम्पनीले सरकारको स्वीकृति लिन अनिवार्य गरिएको छ । यो वर्षका पहिलो ६ महिनामा कम्पनीले ४९.५ अर्ब अमेरिकी डलर अर्थात् ५८ खर्ब ७० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

यो रकम गत वर्षको सोही समयको भन्दा २९.४ प्रतिशतले कम हो । त्यस्तै ह्वावेले टेलिकम कम्पनीहरूलाई प्रदान गर्ने पूर्वाधारको बिक्रीमा पनि  १४.२ प्रतिशतले कमी आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३