close

१६ वर्षीय यी किशोर, जो क्रिप्टोकरेन्सी परियोजनामा असमानता घटाउन काम गर्दैछन्

टेकपाना टेकपाना

साउन २४, २०७८ १४:४६

१६ वर्षीय यी किशोर, जो क्रिप्टोकरेन्सी परियोजनामा असमानता घटाउन काम गर्दैछन्

काठमाडौं । पछिल्ला केही वर्षयता क्रिप्टोकरेन्सी निकै चर्चामा छ । यसमा विशेषगरी युवा पुस्ता बढी आकर्षित छ । हुन त नयाँ र जोखिमयुक्त परियोजनामा युवा पुस्ताकै वर्चस्व छ । 

क्रिप्टोकरेन्सी उद्योग पनि युवाकै पनि अग्रसरताा अघि बढिरहेकाे छ । जहाँ युवा पुस्ता यस्तै परियोजनामार्फत अन्तरिक्षमा पुग्ने कोसिसमा छन् । उनीहरु धेरैजसो २० वर्षकाे उमेर वरिपरी नै छन् ।

यसैबीच १६ वर्षीय एक युवक युसोफ अल्तोखीले आफ्नो छुट्टै क्वाइन ‘वाई क्वाइन’ सार्वजनिक गरिसकेका छन् । जसको उद्देश्य क्रिप्टोकरेन्सी परियोजनामा निर्णय गर्ने अधिकारमा देखिएको असमानता घटाउनु हो ।

बेलायतस्थित लण्डनमा हुर्किएका युसोफले सानो उमेरमै धेरै उद्यमसँग ठोकिँदै आए । उनको पहिलो व्यवसाय स्कुलमा पढ्ने साथीलाई सामान बिक्री गरेर सुरु भएको थियो ।

कक्षा ३ मा पढ्दा थ्रिडी प्रिन्टर उपहारको रुपमा उनको हातमा पर्‍यो । त्यसबाट विभिन्न प्रडक्ट निर्माणका विषयमा उनले जानकारी लिए ।

अनि स्मार्टफोनको लागि प्रयोगकर्ताको आवश्यकताअनुसार कभर बनाएर बिक्री गर्ने सोच बनाए र एउटा सामान्य वेबसाइट बनाए । जसमार्फत प्रयोगकर्ताले सामान खरिद गर्न सक्थे । हुन त त्यहाँबाट त्यति धेरै अर्डर भने आएन । तर, पनि उनले अनलाइन वर्ल्डलाई बुझ्ने मौका भने पाए

उनको दोस्रो व्यवसायिक योजना प्रमाणीकरणसँग सम्बन्धित थियो । जसमा उनले गुणस्तरीय स्निकर्स ब्राण्डका जुत्ता र लिमिटेड एडिसनका कपडा बिक्री गर्न योजना बनाए ।

त्यसका लागि उनले इन्स्टाग्राममा पेज र वेबसाइट निर्माण गरे । त्यसपश्चात् केही स्निकर्स ब्राण्डका जुत्तासमेत साइडमा राखेर बिक्री सुरु भयो । त्यसमा पनि माग त्यति धेरै हुन सकेको थिएन । भने, फ्रडका घटनासमेत हुन थाले । उनले यसबाट हुनसक्ने चुनौती सिक्ने अवसर पाइरहेका थिए ।

व्यवसायको विस्तारका लागि उनले इन्फुयन्सर मार्केटिङ टुल पनि अपनाए । तर, राम्रो प्रतिफल आएन । जब उनले आफ्नो बिजनेशलाई गुगल म्यापमार्फत विज्ञापन गर्न थाले तब मात्र व्यवसायले नयाँ रूप लिन थाल्यो ।

उनले चालेको त्यो कदम त्यसबेला उनका अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा नयाँ थियो । अन्य प्रतिस्पर्धी कम्पनीले त्यतिबेलासम्म विभिन्न सामाजिक सञ्जालमा विज्ञापन गर्दै आएका थिए ।

उनको उक्त परियोजनाको नाम ‘लिटिल किक्स’ थियो । जब प्रयोगकर्ताले ‘किक्स’ अथवा ‘होयर टु वाइ किक्स’ भनेर सर्च गर्दा उनको ब्राण्ड सर्चलिस्टमा सबैभन्दा अघि आउँथ्यो । जसले उनको बिक्री बढायो । तर, स्कुल तथा अन्य प्रतिबद्धताका कारण उनले त्यो विजनेशलाई धेरै लामो समयसम्म निरन्तरता दिन सकेनन् ।

त्यसपश्चात् उनले स्टक मार्केटको अध्ययन गर्न थाले । त्यसका लागि उनले केही कम्पनी छनोट गरेर ती कम्पनीको ट्रेन्डिङलाई नियाले । त्यसपश्चात् उनले शेयर बजारमा लगानी गर्न थाले । त्यतिबेला उनी जम्मा १० वर्षका थिए । सन् २०१६ मा उनी क्रिप्टोकरेन्सी मार्केटमा छिरेका हुन् ।

बिटक्वाइनका आधारभूत तत्वको विषयमा अध्ययनबाट उनको बिटक्वाइन यात्रा सुरु भएको थियो । उनले बिटक्वाइनले कसरी नयाँ नयाँ समस्या समाधान गर्न सक्छ भन्ने वियषमा समेत केलाए । त्यसैका आधारमा उनले सन् २०१७ मा बिट्क्वाइनमा लगानी गरे । भने, सन् २०१८ मा बिटक्वाइन माइनिङका लागि एएसआईसी माइनर खरिद गरे ।

यो सबै लगानीले उनलाई सन् २०२० अन्त्यबाट केही प्रतिफल मिल्यो । जतीबेला बिक्वाइनको मुल्य सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । उनले त्यसबाट धेरै मुनाफा कमाए । तर, उनलाई त्यसबाट सन्तुस्टि भने मिलेको थिएन । त्यसैले उनले आफ्नै क्विाइन ल्याउने निर्णय गरे ।

उनलाई बजारमा उपलब्ध भएको बिक्वाइनको शासन पद्धति लोकतान्त्रिक नभएको भान हुन्थ्यो । यसको अर्थ यदी कसैसँग १ मिलियन टोकन छ र उसले हुँदैन भनेर निर्णय गर्याे । तर, अर्कोतिर हजार टोकन भएका सय जना छन र उनीहरुले हुन्छ भनेर निर्णय गर्दा अन्तिम निर्णय भने लगानीलाई आधार मानेर हुने गरेको छ ।

उनी बिटक्वाइनमा सबैको उपस्थिति समान हुनुपर्छ भन्नेमा थिए । त्यो हुँदा नयाँ पुस्ताले पनि यसमा सहभागीता जनाउन सक्नछन् । यसले उनीहरुलाई पनि आफूले गरेको लगानी सुरक्षित छ भनेर प्रत्याभूत गराउँछ भन्ने उनको सोच थियो ।

त्यसैका आधारमा उनले बिक्वाइन निर्माणका लागि टिम बनाएर ‘वाई क्वाइन’ सुरु गरे । जुन सरकारको लोकतान्त्रिक पद्धतिका आधारित क्वाइन हो । यो सामूहिक क्वाइन हो । जसमा क्वाइन हुने हरेकको समान उपस्थिति रहनेछ ।

यसमा को सँग कति क्वाइन छ भन्ने विषयले प्राथामिकता पाउँदैन । यसले म धनी वा गरिब भन्ने खालको सोचाइलाई समेत कम गर्न मद्धत गर्छ ।

‘वाइ हब’ को एप्लिकेशन एन्ड्रोइट र आईओएस दुवैमा उपलब्ध रहेको छ । भने, यो वर्षको अन्त्यसम्म डेस्कटप भर्सन समेत सार्वजनिक गर्ने योजनामा युसोफ छन् ।

त्यतिमात्रै नभएर लोकतान्त्रिक पद्धतिका आधारित क्वाइनमा कारोबार गर्दासमेत कुनै थप शुल्क लाग्दैन । उनले यसलाई एउटा साधार वालेटको रुपमा विकास गरिरहेका छन् । साथै त्यहाँ उपलब्ध हुने विज्ञापन हेरेर समेत क्वाइन आर्जन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यसको उद्देश्य थप नयाँ बिटक्वाइन ल्याउने नभएर मान्छेलाई नयाँ अनुभव र उनीहरुलाई निरन्तर सक्रिय बनाउनु उनको उद्देश्य हो । हुन त यो परियोजना १६ वर्षीय युवा उमेरका लागि महत्वाकांक्षी हुनसक्छ ।

तर, युसोफको यसप्रतिको लगावका अगाडि भने यो कुनै असहज भने हुने देखिएको छैन ।

फाेर्ब्सबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३