close

नेपालमै विकास भएको एमआईएस, जसले गर्दैछ हरेक व्यवसायको डिजिटल व्यवस्थापन

टेकपाना टेकपाना

साउन २५, २०७८ ११:४४

नेपालमै विकास भएको एमआईएस, जसले गर्दैछ हरेक व्यवसायको डिजिटल व्यवस्थापन

काठमाडौं । ब्यालेन्स ग्रुप अफ कम्पनिज प्रालिले ब्यालेन्स एमआईएस (म्यानेजमेन्ट इनफर्मेसन सिस्टम) कार्यान्वयनमा ल्याएको छ । प्रोजेक्टहरुको डिजिटल रूपमा व्यवस्थापन गर्ने उद्देश्यसहित ब्यालेन्स एमआईएस विकास गरिएको कम्पनीका संस्थापक एवं सीईओ मनोज पन्थीले बताए ।

प्रोजेक्टहरू व्यवस्थित गर्न, समयसीमाभित्र कार्य सम्पादन गर्न, प्रोजेक्टहरू ट्र्याक गर्न, टिमको व्यवस्थापन गर्न, ग्राहकहरूलाई सूचित गर्नका लागि ब्यालेन्स एमआईएस एक सहज, सरल अनलाइन म्यानेजमेन्ट सफ्टवेयर रहेको उनले दाबी गरे ।

‘ब्यालेन्स एमआईएसले कर्मचारीहरुको सबै जानकारी र विवरणहरूको व्यवस्थापन, रेकर्डिङ्ग गर्ने तथा इन्ट्री र एक्जिटको व्यवस्था गर्ने मद्दत गर्दछ,’ उनले भने ।

उनका अनुसार ब्यालेन्स एमआईएसले कार्यको विवरण, कार्यको ट्रयाकिङ्ग एंवम कर्मचारीहरूको दक्षता, प्रभावकारिता तथा कमी कमजोरीसँग सम्बन्धित प्रशिक्षण, शिक्षा, कार्य सम्पादन, प्रतिभा, गल्ती, सजाय सम्बन्धी व्यवस्थापन तथा रेकर्डिङ्ग गर्दछ ।

ब्यालेन्स एमआईएस टास्क म्यानेजमेन्टसँग वर्क फ्रम होम तथा दैनिक कार्य गतिविधि रेकर्ड गर्ने व्यवस्था रहेको छ । प्रयोगकर्ताहरूले घर वा कार्यालयबाट अटेन्डेन्सको लागि क्लक इनरक्लक आउट प्रणाली प्रयोग गर्न सक्दछन् ।

‘यसका साथै कार्यालयभित्र नै काम गर्ने कर्मचारीहरुको लागि बायोमेट्रिकमार्फत अटेन्डेन्स गर्ने व्यवस्था गर्न सकिन्छ । कर्मचारीको दैनिक कार्य गितिविधिको रिपोर्टिंगद्धारा कुन प्रोजेक्टमा के-कस्तो प्रगति भएको वा कति समय बेतित भएको जानकारी पाउन सकिन्छ,’ कम्पनीका सहसंस्थापक एवं चिफ अपरेटिङ अफिसर प्रज्ज्वल पौडेलले भने ।

प्रोजेक्टको आवश्यकता अनुसार कुनै पनि कर्मचारीलाई सजिलै कार्य विभाजन गर्न सकिन्छ र कर्मचारीहरुले उक्त कार्य विभाजन बारे एमआईएस माफर्त नोटिफिकेशन प्राप्त गर्नेछन् ।

ब्यालेन्स एमआईएसको सबैभन्दा प्रभावशाली एंवम प्रभावकारी विशेषता भनेको टास्क कन्बन (Task Kanban) हो । टास्क कन्बनले प्रयोगकर्ताहरुको कार्य स्थिति, प्रगति, समीक्षा तथा समापन सम्बन्धी जानकारी प्रदान गर्दछ ।

उक्त व्यवस्थापनले समय बचत र उत्पादकता बढाउन मद्दत गर्दछ । टास्क म्यानेजमेन्ट सिस्टमले सहजै रुपमा उपलब्ध गर्न सकिने कार्य विवरणहरू राख्ने, चेक लिस्ट बनाउने, समन्वय र सदस्य थप गर्ने तथा कमेन्ट गर्ने सुविधाहरू प्रदान गर्दछ ।

यसमा कर्मचारी नियुक्ति, करार व्यवस्थापन र तिनीहरूको काम र प्रभावकारीता ट्र्याक गर्न विश्लेषणात्मक रिपोर्ट समेतको व्यवस्था गर्न सकिन्छ । यसले बिदा, अटेन्डेन्स, अतिरिक्त समय सम्बन्धी नियमहरू, कर्मचारी कार्य समय (घण्टा), र प्रतिक्रिया, फाइलहरू, र स्टाटस अपडेटहरू गर्न सहयोग गर्ने जनाइएको छ ।

हालसम्म करिब चार संस्थामा यो प्रणाली कार्यान्वयन आइसकेको र करिब एक दर्जन संस्थामा प्रयोग गर्न कुरा भइरहेको कम्पनीको परिचालन प्रमुखसमेत रहेका पौडेलले जनाए ।

‘बजारमा रहेका अन्य एमआईएसभन्दा यो मूल्यका हिसाबले किफायती हुनुका साथै एउटै सिस्टमबाट प्रोजेक्ट म्यानेजमेन्टदेखि एचआर म्यानेजमेन्टसम्मका कार्य गर्न सकिन्छ,’ उनले भने, ‘साथै सिस्टमबाटै फाइनान्स र पेरोल म्यानेजमेन्ट पनि गर्न सकिने सुविधा दिएका छौं ।’

त्यस्तै मल्टिपल डिपार्टमेन्ट भएका कम्पनीले केन्द्रीकृत प्रणालीबाट बिजनेश प्रोजेक्ट र एचआर म्यानेजमेन्ट गर्न सक्ने जनाउँदै थोरै खर्चमा डिजिटल रूपमा कम्पनीको कामकारबाही गर्न सकिने उनले जनाए ।

कम्पनीले चाँडै नै सिस्टममा च्याट गर्न मिल्ने सुविधा पनि थप गर्ने योजना ल्याएको छ । हाल स्टार्टअप, बिजनेश र प्रिमियम गरी तीन प्याकेजमा यो सिस्टम उपलब्ध छ ।

कम्पनीले प्रडक्ट लञ्चको अवसर पारी छुटसमेत प्रदान गरेको छ ।

‘नेपालको सन्दर्भमा एमआईएसमा काम गर्ने कल्चर अझै विकास भइसकेको छैन । हामीले अबको व्यवसाय अघि बढ्न यस्तो प्रणाली आवश्यक छ भनेर सचेतना जगाउँदै लक्षित वर्गसँग अप्रोच गरिरहेका छौं,’ उनले भने,’नेपालमा रहेका सबै प्रकारका व्यवसायलाइ डिजिटल प्रणालीबाट व्यवस्थित गर्नु हाम्रो मुख्य उद्देश्य हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३