close

पठाओमा आज सित्तैमा ट्याक्सी बुक गर्न पाइने

टेकपाना टेकपाना

साउन २५, २०७८ ९:४१

पठाओमा आज सित्तैमा ट्याक्सी बुक गर्न पाइने

काठमाडौं । पठाओ कार लाईट (ट्याक्सी) को दोस्रो वार्षिकोत्सवका दिन आज पठाओ नेपालले सित्तैमा ट्याक्सी बुकिङ गर्न मिल्ने अफर ल्याएको छ ।

दिउँसो २ बजेदेखि २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले निःशुल्क ट्याक्सी चढ्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

पछिल्लो समय काठमाडौंमा प्रविधिको सदुपयोग गर्दै पठाओ ट्याक्सीको प्रयोगकर्ता बढेसँगै पठाओमा आवद्ध हुने ट्याक्सीको सङ्ख्या पनि बढेको छ । ८ हजार कार लाइट (ट्याक्सी) आवद्ध भएको पठाओ नेपालमा हाल दैनिक २५ सयले सक्रिय रुपमा सेवा प्रदान गरिरहेको बस्न्यात बताउँछन् ।

क्याप्टेनने मास्क अनिवार्य लगाउने र ट्याक्सीमा स्यानिटाइजको समेत व्यवस्था हुने भएकाले सुरक्षित हुने बस्न्यातले बताए । पठाओ एपमा नै भाडा देखिने भएकोले बार्गेनिङसमेत गर्न नपर्ने भएकोले पठाओ ट्याक्सी सहज भएकाे दाबी उनले गरे ।

कोरोना कहरको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षाको सावधानीलाई मध्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा प्लास्टिक सिल्ड (पर्दा) समेत राखिएको छ ।

‘गेटदेखि गेटसम्म’ सेवा भएकाले लोकप्रिय भइहेको पठाओ ट्याक्सी झरीको समयमा गन्तव्यसम्म पुग्न अझ उत्तम बिकल्प भएको उनले बताए । झरीमा रुझ्दै चोकमा ट्याक्सी खोज्न जान नपर्ने भएकाले मनसुनको समयमा पठाओ ट्याक्सीको लोकप्रियता अझ बढेको बस्न्यात बताउँछन् ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो ।

सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो ।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको ४५ मिनेटमै होम डेलिभरी दिने गरी जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३