close

टेस्लाको ‘साइबरट्रक’ उत्पादन एक वर्षपछि धकेलियो, एउटै गाडीको मूल्य १२ करोड

टेकपाना टेकपाना

साउन २५, २०७८ १४:५१

टेस्लाको ‘साइबरट्रक’ उत्पादन एक वर्षपछि धकेलियो, एउटै गाडीको मूल्य १२ करोड

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले तत्कालै साइबरट्रक निर्माण गर्ने हो भने एउटाको मूल्य थोरैमा पनि १० लाख डलर अर्थात ११ करोड ८९ लाखभन्दा बढी पर्ने बताएका छन् । यसको मुख्य कारण पर्याप्त रुपमा ४६८० ब्याट्री सेल उपलब्ध नहुनु रहेकाे तर्क उनकाे छ ।

त्यतिमात्रै नभएर साइबरट्रक धेरै मात्रामा उत्पादन गर्दा स्वतः यसकाे मूल्य उच्च हुन्छ । त्यसैले साइबर ट्रक निर्माण परियोजनालाई तत्कालका लागि पछि सारिएको मस्कले बताएका छन् ।

उनले भने, ‘यो परियोजना केही समयका लागि धकेलिएको छ । सायद सन् २०२२ को अन्त्यबाट यसको निर्माणको काम अघि बढ्ने छ ।’

उनले साइबरट्रक खरिदका लागि धेरै मान्छे पर्खाइमा रहेको बताए । यदि उनीहरूको माग अहिले नै पुरा गर्ने हो भने ठूलो रकम पर्नेछ । त्यसैले यो विषयमा हामी चाँडै थप जानकारी दिनेछौं ।

उनले भने, ‘हामी अहिले मोडल वाईको रिडिजाइनमा काम गरिरहेका छौ ।’

कम्पनीले सन् २०१९ साइबरट्रक परियाेजना घाेषणा गरेकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३