close

फोटो स्क्यानिङ टुलको तीव्र विरोध भएपछि एप्पलले दियो यस्तो जवाफ

टेकपाना टेकपाना

साउन २७, २०७८ १३:१२

फोटो स्क्यानिङ टुलको तीव्र विरोध भएपछि एप्पलले दियो यस्तो जवाफ

काठमाडौं । एप्पलले आईफोन र आईप्याडमा उपलब्ध गराउने ‘फोटो स्क्यानिङ’ फिचरको विषयमा विज्ञ तथा प्रतिस्पर्धी कम्पनीबाट प्रश्न उठेसँगै त्यसको जवाफ दिएको छ । अघिल्लो सातामात्रै कम्पनीले आईफोनमा ‘फोटो स्क्यानिङ’ फिचर उपलब्ध गराउने निर्णय गरेको थियो ।

जसले प्रयोगकर्ताको डिभाइसमा उपलब्ध फाइललाई स्क्यान गरी त्यसमा बाल यौन दुर्व्यवहार सँग सम्बन्धित कन्टेन्ट भए नभएको अध्ययन गर्ने जनाइएको थियो ।

हुन त कम्पनीले उक्त फिचर प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राखेर निर्माण गरेको बताइसकेको छ । यतिसम्म कि उक्त सिस्टमले प्रयोगकर्ताको मोबाइलमा भएको फोटाेको मात्रै अध्ययन गर्ने र कम्पनीको डेटाबेसमा भएको बाल यौन दुर्व्यवहार सँग सम्बन्धित मिल्दो फोटा छ वा छैन् भनेरमात्रै हेर्न कम्पनीले स्पष्ट पारेको थियो ।

कम्पनीले आफ्नो नयाँ फिचरको विषयमा स्पष्ट पारेको भएता पनि गोपनीयता तथा साइबर सुरक्षासँग सम्बन्धित विज्ञले यो विषकाे विरोध गरेका छन् । उनीहरूले एप्पलको यो कदमले प्रयोगकर्ताको मौलिक अधिकार हनन हुनुका साथै सामान्य प्रयोगकर्ता यसको सिकार हुने बताएका छन् ।

यसरी आफूले ल्याउन लागेको नयाँ फिचरको विषयमा प्रश्न उठ्न थालेसँगै एप्पलले डकुमेन्ट सार्वजनिक गर्दै यसबारे प्रस्ट पार्ने प्रयास गरेको छ ।

कम्पनीले यो फिचर विशेषगरी म्यासेजिङ एपकाे हकमा लागू हुने जनाएको छ । यसर्थ बालबालिकालाई पठाइने म्यासेजमा यसले काम गर्नेछ ।

यसले इन्ड–टु–इन्ड इन्क्रिप्सन भएको म्यासेजको हकमा कुनै असर गर्ने छैन । त्यो हुँदा प्रयोगकर्ताको गोपनीयतामा असर नपर्ने दाबी कम्पनीको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३