close

आईफोनमा १३ मा आउँदैछ भिडिओ खिच्दा ब्याकग्राउन्ड स्वतः ब्लर गर्ने फिचर

टेकपाना टेकपाना

साउन २६, २०७८ १८:३४

आईफोनमा १३ मा आउँदैछ भिडिओ खिच्दा ब्याकग्राउन्ड स्वतः ब्लर गर्ने फिचर

काठमाडौं । एप्पलको आगामी आईफोन १३ को क्यामेराले भिडिओको ब्याकग्राउन्ड स्वतः ब्लर गर्ने भएको छ । ब्लुमबर्गको नयाँ रिपोर्टअनुसार नयाँ आईफोनमा यसका लागि भिडिओ पोट्रेट मोड उपलब्ध हुनेछ ।

यसै वर्ष आउने आईफोनको मुख्य क्यामेरामा फिचरको रुपमा ‘सिनेम्याटिक भिडिओ’ फिचर हुने बताइएको छ । यसको साथमा ‘प्रोरेस’ भिडिओ रेकर्डिङ र फोटोको लागि नयाँ एडिटिङ गरी थप दुई फिचर हुनेछन् ।

‘प्रोरेस’ विशेषगरी भिडिओ एडिटरका लागि सहयोगी हुनेछ । जसले उनीहरूलाई शुट भइसकेका फुटेजमाथि थप नियन्त्रणको सुविधा दिनेछ ।

यसैगरी फोनको क्यामेरामा नयाँ फिल्टर समेत आउनेछन्, जसले फोटोको कलरमा सुधार ल्याउनेछ । क्यामेरामा आउने नयाँ फिचर नै नयाँ आईफोनको सबैभन्दा महत्वपूर्ण ‘सेलिङ प्वाइन्ट’ (फोन खरिद गर्न आकर्षित गर्ने मुख्य विषय ) हुनेछन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३