close

आज सामसङको बहुप्रतिक्षित ‘अनप्याक्ड इभेन्ट’, सार्वजनिक हुँदैछन् यस्ता उत्पादन

टेकपाना टेकपाना

साउन २७, २०७८ १०:५०

आज सामसङको बहुप्रतिक्षित ‘अनप्याक्ड इभेन्ट’, सार्वजनिक हुँदैछन् यस्ता उत्पादन

सामसङले आफ्नो वार्षिक कार्यक्रम ‘ग्योलेक्सी अनप्याक्ड’ कार्यक्रम आज  बुधबार आयोजना गर्दैछ । कम्पनीले विभिन्न सो इभेन्टको टिजर समेत सार्वजनिक गरिसकेको छ । सामसङका नयाँ उत्पादन सार्वजनिक गरिने यस वर्षको ‘ग्यालेक्सी अनप्याक्ड’ यो वर्ष भर्चुअल माध्यमबाटै आयोजना हुँदैछ ।

नेपाली समयअनुसार बुधबार साँझ ७ः४५ देखि सुरु हुने यो इभेन्टमा कम्पनीले आफ्ना विभिन्न नयाँ उत्पादन सार्वजनिक गर्ने जनाइएको छ । जसमा बहुप्रतिक्षित फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड थ्रीको साथमा ग्यालेक्सी जेड फ्लिप थ्री सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

कम्पनीले सार्वजनिक गरेको टिजरमा समेत फोल्डेबल फोनको स्क्रिन प्रस्ट देखिन्छ । यसका साथै ग्यालेक्सी वाच ४, ग्यालेक्सी वाच ४ क्लासिक तथा ग्यालेक्सी बड्स २ पनि सार्वजनिक हुने बताइएको छ ।

यो इभेन्टको सबैभन्दा आकर्षणको विषय ग्यालेक्सी जेड फोल्ड ३ हुनेछ । रिपोर्टअनुसार यसमा ७.६ इन्चको मेन डिस्प्ले हुनेछ । जसमा डिस्प्ले भित्रै फ्रन्ट क्यामेरा समेत हुनेछ । यो स्मार्टफोनमा क्वालकम स्नापड्रागन ८८८ प्रोसेसर र ४,३८० एमएएच क्षमताको ब्याट्री हुनेछ ।

त्यसैगरी ग्यालेक्सी जेड फ्लिप ३ को मूल्य जेड फोल्ड ३ भन्दा कम हुने अपेक्षा गरिएको छ । यसमा ६.७ इन्चको एमोलेड प्राइमरी डिस्प्ले हुनेछ भने कभर स्क्रिन अघिल्लो फ्लिप स्मार्टफोनको तुलनामा केही ठूलो हुनसक्ने अपेक्षा छ । यो स्मार्टफोनमा १२० हर्ज रिफ्रेश रेटको सपोर्ट हुनेछ ।

यस्तै ग्यालेक्सी वाच ४ दुई ओटा आकारको भेरियन्टमा आउन सक्ने बताइएको छ । जसमा ४० एमएम तथा ४४ एमएम साइज रहेका छन् । जसमा वेयर ओएस ३ हुनेछ । यस बाहेक कम्पनीले ग्यालेक्सी एस २१ एसई समेत सार्वजनिक गर्नसक्ने अनुमान समेत छ ।

सामसङको यो कार्यक्रममा अनलाइनबाटै सहभागी हुन सकिने छ । कम्पनीका अनुसार उक्त कार्यक्रम कम्पनीको आधिकारिक युट्युव च्यानल तथा वेबसाइटमार्फत हेर्न सकिने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३