close

पाँच सय बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै ईसेवा

टेकपाना टेकपाना

साउन २८, २०७८ १८:१९

पाँच सय बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै ईसेवा

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले एसईई उतिर्ण भएका विद्यार्थीलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, समृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत पाँच सयभन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्ने कम्पनी जनाएको छ ।

यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ । छात्रवृत्ति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्ने उल्लेख गरिएको छ ।

विद्यार्थीहरूले काठमाडाैंका जेभियर इन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास ईन्टरनेशनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यसमा सहभागी हुनका लागि ईसेवामार्फत आवेदन दिनुपर्नेछ । छात्रवृत्तिका लागि विद्यार्थीले ईसेवा मोबाइल एप तथा वेबमार्फत ईसेवा स्कोलरसिप अप्सनमा गई आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि विद्यार्थीले ३० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यो रकम यो योजना सकिएपछि विद्यार्थीको ईसेवा आईडी रहेको नम्बरमा टपअप हुनेछ ।

छात्रवृत्तिमा समावेश भएका विद्यार्थीले छात्रवृत्ति दाबी गर्नका लागि आफ्नो एसईई पास भएको कागजात पेश गर्नुपर्नेछ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल/कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिनेछ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१