close

डिजिस्टोरको ‘रक्षाबन्धन अफर’, इलेक्ट्रोनिक्स र ग्याजेट्समा ६४ प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

साउन २९, २०७८ १०:१९

डिजिस्टोरको ‘रक्षाबन्धन अफर’, इलेक्ट्रोनिक्स र ग्याजेट्समा ६४ प्रतिशतसम्म छुट

काठमाडौं । मल्टिब्राण्ड आईटी स्टोर डिजिस्टोरले ग्राहकका लागि लक्षित गर्दै ‘रक्षाबन्धन अफर’ ल्याएको छ । यसअन्तर्गत इलेक्ट्रोनिक्स, ग्याजेट, कम्प्युटर एक्सेसोरिज लगायतका उपकरणमा कम्पनीले ६४ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

नेपालभरबाट ईकमर्स प्लेटफर्म डिजिस्टोरमा सामान अर्डर गर्ने व्यवस्था मिलाइएको छ । २३ वर्षअघि स्थापना भएको नेपालको चर्चित प्रविधि कम्पनी हाईटेक ईन्जिनियरिङको एक सहायक कम्पनीको रुपमा डिजिस्टोर सञ्चालन भइरहेको छ ।

हाइटेक इन्जिनियरिङले नेटवर्किङ प्रडक्टका लागि ल्याएको ‘डिजिकम’ ब्राण्ड नेपाली बजारमा चर्चित छ । यही कम्पनीको आईटी स्टोरका रुपमा डिजिस्टोरले छोटो समयमै देशव्यापी सेवा विस्तार गरिरहेको छ ।

नेपालका प्रमुख सहरहरू काठमाडौं, विराटनगर, इटहरी र बिर्तामोडमा डिजिस्टोरका स्टोर छन् भने चाँडै नै देशका २५ ठाउँमा फ्रेन्चाइज स्टोर स्थापना हुने क्रममा छ ।

डिजिस्टोरको आफ्नै ईकमर्स वेबसाइट छ, जसमार्फत ग्राहकले इलेक्ट्रोनिक्स, कम्प्युटरसँगै जीवनशैली उपयोगी ग्याजेट्स र अन्य उपकरणको जानकारी लिन र खरिद गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१