close

ह्वाट्सएपमा हुने कुराकानी लुकाउन चाहनुहुन्छ ? यस्तो छ तरिका

टेकपाना टेकपाना

साउन २९, २०७८ १२:१०

ह्वाट्सएपमा हुने कुराकानी लुकाउन चाहनुहुन्छ ? यस्तो छ तरिका

काठमाडौं । हामी धेरैलाई ह्वाट्सएपमा कुनै व्यक्तिको च्याटलाई लुकाउन पाए हुन्थ्यो भन्ने परिरहेको हुनसक्छ । त्यो काम त्यति सहज भने छैन् । हालसम्म ह्वाट्सएपले केही कुराकानीलाई लुकाएर राख्ने सुविधा भने दिएको छ ।

जुन त्यति प्रभावकारी थिएन । किन भने हाइड गरेको व्यक्तिले नयाँ म्यासेज पठाउँने बित्तिकै त्यो च्याटलिस्टको माथि देखापर्थ्यो । त्यो हुँदा जुन प्रयोजनका लागि हाइड गरिएको हो त्यसको अर्थ रहने भएन ।

तर, अब भने त्यो सबै परिवर्तन भएको छ । ह्वाट्सएपले अब व्यक्ति अनुसारको च्याटलाई छुट्टै आर्काइभ च्याट फोल्डरमा राख्न सकिने सुविधा उपलब्ध गराएको छ । यो सँगै यसअघि जस्तो नयाँ म्यासेज आउँने बित्तिकै च्याटको माथि आएर बस्ने समस्या रहने छैन् ।

‘हामीले सुनेका थियौं प्रयोगकर्ता आफूले आर्काइभ गरेको म्यासेज नयाँ म्यासेज आउँदा च्याटको माथि नभएर सँधै कुनै फोल्डरमा सुरक्षित भएर बसोस् भन्ने चाहन्छन्,’ कम्पनीले ट्वीट गर्दै भनेको छ, ‘नयाँ सेटिङमार्फत अब भने प्रयोगकर्ताले आर्काइभ गरेको म्यासेज नयाँ म्यासेज आउँदा पनि आर्काइभ च्याट फोल्डरमा सुरक्षित रहने छ ।’

कम्पनीले म्यासेज हाइड गर्ने मिल्ने नयाँ फिचर सार्वजनिक गरेसँगै यहाँ हामी तपाईँहरूलाई उक्त फिचर प्रयोग गर्नेबारे जानकारी दिँदै छौं । त्यसका लागि तल उल्लेखित प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।

  • त्यसको लागि सुरुमा ह्वाट्सएप खोल्नुहोस् ।
  • अब दायाँ साइडको माथि रहेको ‘थ्रि डट’ अर्थात ‘मोर’ अप्सनमा क्लिक गरी र त्यहाँ रहेको ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।
  • त्यहाँ ‘च्याट’ भन्ने अप्सन रहेको छ । उक्त च्याटमा क्लिक गर्नुहोस् ।
  • च्याट भित्र अन्तिममा रहेको ‘च्याट हिस्ट्री’ मा क्लिक गरी अब ‘आर्काइभ अल च्याट’ मा क्लिक गर्नुहोस् ।

यती गरेसँगै तपाईंको सबै च्याट आर्काइभ फोल्डरमा जानेछ । तर, यहाँ हामीलाई त सबै भन्दापनि व्यक्ति अनुसारको च्याट हाइड गर्नुपर्ने छ । त्यो हुँदा तपाईंले ह्वाट्सएप खोलेसँगै कसको म्यासेज हाइड गर्ने हो उक्त व्यक्तिको च्याटमा लामो समय क्लिक गर्नुहोस् ।

त्यति गरेसँगै दायाँ साइडको माथि तल तीर फर्किएको एरो सहितको बक्स देख्नुहुनेछ । त्यसमा क्लिक गरेसँगै उक्त व्यक्तिको च्याट आर्काइभमा जानेछ ।

त्यसरी आर्काइभमा राखिएका म्यासेज जबसम्म तपाईंले माथि उल्लेख गरे जस्तै सेटिङमा गएर पूनः फिर्ता ल्याउँनु हुन्न तबसम्म उक्त व्यक्तिले पठाएको म्यासेजको नोटिफिकेशन समेत तपाईंलाई प्राप्त हुनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१