ट्रेन्डिङ:
राष्ट्रपतीय निर्वाचनमा ह्वाट्सएप, ट्विटर र फेसबुक नै बन्द स्क्रिनशटमा भएका कन्टेन्ट अब स्वत: ट्रान्सलेट हुने स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी अब ईसेवाबाट १ हजारसम्मको बैंक ट्रान्सफर निःशुल्क हाम्रो घरसम्म कसरी आइपुग्छ इन्टरनेट ? गाउँगाउँमा इन्टरनेट पुर्‍याउन जम्मा गरिएको ३ अर्ब कानून विपरीत सरकारी राजश्व खातामा फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका इन्टरनेट शुल्कको स्वीकृति नै नलिई स्पिड वारमा सेवा प्रदायक, प्राधिकरणले निकाल्यो सूचना भाइबरबाट अनलाइन भुक्तानी गर्ने तरिका जिमेलका उपयोगी १० टिप्स, जसले अन्त्य गर्नेछ तपाईंको झन्झट
close

राष्ट्रपतीय निर्वाचनमा ह्वाट्सएप, ट्विटर र फेसबुक नै बन्द

टेकपाना टेकपाना

साउन २९, २०७८

राष्ट्रपतीय निर्वाचनमा ह्वाट्सएप, ट्विटर र फेसबुक नै बन्द

काठमाडौं । जाम्बियामा बिहीबार भएको राष्ट्रपतीय निर्वाचनका लागि फेसबुक, ह्वाट्सएप, ट्विटरलगायतका सामाजिक सञ्जाल बन्द गरिएको छ । निर्वाचनको नतिजा भने आउने बाँकी रहेको छ । तर, निर्वाचन अघि ह्वाट्सएप, ट्विटर र फेसबुक ह्वाट्सएप, ट्विटर र फेसबुक जस्ता सामाजिक सञ्जाल बन्द गरिएको तथ्य बाहिरिएको हो ।

डिजिटल राइट अर्गनाइजेशन एक्सेस नाउँ र इन्टरनेट मनिटर नेटब्लक्सले निर्वाचनलाई लक्षित गर्दै जाम्बियामा त्यस्ता सामाजिक सञ्जाल बन्द गरिएको बताएका हुन् । उनीहरूका अनुसार त्यहाँका इन्टरनेट सेवा प्रदायक तथा टेलिकम सेवा प्रदायकमार्फत त्यस्ता एपको पहुँचमा रोक लगाइएको हो ।

सामाजिक सञ्जालमार्फत मौन अवधिमा हुन सक्ने प्रचारबाजीलाई रोक्ने यस्तो खालको निर्णय लिइएको जनाइएको छ । जाम्बियाको स्थानीय सञ्चार माध्यम लुसाका टाइम्सले त्यहाँको सूचना तथा प्रसारण सेवा मन्त्रालयको निर्देशनमा सामाजिक सञ्जाल माथि प्रतिवद्ध लगाएको बताएको छ ।

नेटब्लक्सका अनुसार बिहीबार जाम्बियामा नाटकीय शैलीमा एकै पटक ह्वाट्सएप, ट्विटर र फेसबुक जस्ता सामाजिक सञ्जालको ट्राफिक घटेको थियो । त्यसले पनि जाम्बिया निर्वाचनको समयमा सामाजिक सञ्जाल माथि प्रतिवद्ध लगाइएको प्रमाणित भएको छ ।