close

के पूर्वनिर्धारित समयमै होला त एप्पल इभेन्ट ? यस्ता छन् सम्भावित प्रडक्ट

टेकपाना टेकपाना

साउन २९, २०७८ १६:२७

के पूर्वनिर्धारित समयमै होला त एप्पल इभेन्ट ? यस्ता छन् सम्भावित प्रडक्ट

काठमाडौं । यो वर्ष एप्पलले केही नयाँ प्रडक्ट सार्वजनिक गरिसकेको छ । जसमा नयाँ आइप्याड, २४ इन्चको आइम्याक, नयाँ एप्पल टिभी र एयरट्याग्स रहेका छन् । अबको जालो नयाँ आइफोन र म्याक प्रोलगायत डिभाइसको हो । एप्पलका पछिल्ला गतिविधिलाई नियाल्ने हो भने, एप्पलका उत्पादनको सूची अझ लामो हुने देखिएको छ ।

सन् २०२१ को अन्तिमका लागि एप्पलले गरेको तयारी सम्बन्धी भ्रामक हल्ला फैलिरहेका छन् । यसरी फैलिएको अफवाहका कारण कुन डिभाइसका लागि कुन समयसम्म पर्खिने भन्ने सबैमा द्विविधा छ । यस्तो द्विविधाबाट बच्नलाई एप्पलले आइम्याक रिडरहरूलाई लक्षित गर्दै एउटा गाइड तयार गरेको छ । जसमा एप्पलका इभेन्टबारे सम्पूर्ण जानकारी समेटिएका छन् ।

उक्त गाइडका अनुसार  एप्पलको पछिल्लो इभेन्ट गएको जुनमा सम्पन्न ‘वर्ल्ड वाइड कन्फरेन्स’ थियो । कन्फ्रेन्स आइओएस, आइप्याड ओएस, म्याक ओएस, टिभी ओएस र वाच ओएस लगायतसँग केन्द्रित थियो । सन् २०२१ मा कम्पनीको पहिलो इभेन्ट एम वान, आइप्याड प्रो, आइम्याक लगायतका नयाँ प्रोडक्टसँग केन्द्रित थियो ।

iPhone 13 Dummy Thumbnail 2

विश्वव्यापी स्वास्थ्य सङ्क्रमणका कारण सन् २०२० र २०२१ मा भएका सम्पूर्ण इभेन्टहरू भर्चुअल रुपमा अनलाइनबाटै भए । त्यतिमात्र नभएर आइफोन १२ को लन्चमा पनि एक महिना ढिला भएको थियो । सामान्यता, हरेक सेप्टेम्बरमा आइफोनको नयाँ प्रोडक्ट बजारमा आउने गर्छ । जसको कारण लकडाउन र सप्लायर्सहरूमाथि प्रतिबन्धलाई लिइएको थियो ।

समय अझैपनि उस्तै छ । तर पनि विश्वसनीय आउटलेट र पत्रकारबाट प्राप्त रिपोर्टहरूलाई आधार मान्ने हो भने यो वर्ष एप्पलको इभेन्ट समयमै हुन सक्ने सम्भावना देखिएको छ । एप्पलको इभेन्ट होल्डिङ पद्धतिलाई हेर्दा यो वर्ष आउँदो सेप्टेम्बर १४, मंगलबारका दिन उक्त कार्यक्रम हुनसक्ने प्रचुर सम्भावना रहेको छ ।

जसमा धेरै कुरा समेटिने सम्भावना रहेको छ । नयाँ डिभाइसको अलावा एप्पल सिलिकन म्याक जस्ता चर्चामा रहेका प्रोडक्टहरूलाई इभेन्टमा समावेश गर्न सक्ने आँकलन गरिएको छ ।

एप्पल सिलिकन म्याक
16 inch macbook pro m2 render

यो वर्ष धेरै हल्ला भएको र रिलिज हुने आशा गरिएको प्रोडक्ट मध्ये रिडिजाइन १४ र १६ इन्चको म्याक प्रो हो । नयाँ आउन लागेका एप्पलका ल्यापटप मिनी(एलइडी टेक्नोलोजीमा आधारित  डिस्प्लेका साथ आउने छन् । यसका साथै ल्यापटपमा पावरफूल एप्पल सिलिकन चिप आदिको आशा गरिएको छ ।

लामो समय देखी चर्चामा सीमित बन्दै आएको एप्पल सिलिकन म्याक बुक प्रोको रिलिज डेट नजिकिँदै छ । गतवर्ष एप्पलले आफ्नो पहिलो एप्पल सिलिकन चिप, एम वान र अपडेटेड १३ इन्च म्याकबुक एयर, म्याकबुक प्रो र म्याक मिनी सार्वजनिक गरेको थियो ।

‘डायलन’ नामक एक युजरले एप्पलको आगामि योजनाबारेमा स्पष्ट सूचना सार्वजनिक गर्दै आएको छ । यसैलाई आधार मान्ने हो भने यो वर्षको सम्भावित एप्पल सिलिकन म्याक इभेन्ट निम्नानुसार हुनसक्छ :

  • मंगलबार, अक्टोबर १९
  • मंगलबार, अक्टोबर २६ 
  • मंगलबार, नोभेम्बर ९

सन् २०१९ र २०२० मा क्रमशः एयर पोड्स प्रो र अपडेटेड आइप्याड प्रो रिलिज भएजस्तै, वेबसाइटमार्फत प्रेस रिलिज द्वारा नँया म्याक बुक प्रो रिलिज भयो भने, सम्भावित मितिमा फरक पर्न सक्छ । यो सम्भावना त्यति एक्युरेट भने छैन । किनभने, व्यवसायीक युजरलाई लक्षित गरेर निर्माण भएको बहुप्रतिक्षित म्याकबुकको रिलिज एप्पलले शानदार ढंगबाट गर्नसक्छ ।

तेस्रो अप्रत्यासित इभेन्ट
iPad mini pro feature 2

२०२० मा एप्पलले रिडीजाइनसँग केन्द्रित भएर आइप्याड एयर, १०.८ इन्चको आइप्याड र एप्पल वाचको छुट्टाछुट्टै इभेन्ट गरेको थियो । यसवर्ष एप्पलले अपडेटेड प्रोडक्टमा भने कम गर्ने अनुमान छ ।

दुई ओटा आइप्याड मोडल अपडेट गर्नु भन्दा, एउटा मात्रै अपडेटेड आइप्याड मिनी सार्वजनिक गर्ने योजनामा एप्पल रहेको छ । आइप्याड मिनिको लागि छुट्टै इभेन्ट आयोजना गर्नुको सट्टा एप्पल सिलिकन अथवा आइफोन रिलिजको इभेन्टमा आइप्याड मिनी समेत सार्वजनिक हुनसक्ने सम्भावना पनि रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१