close

यसरी हेर्नुहोस् सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ रिजल्ट

टेकपाना टेकपाना

साउन ३०, २०७८ १४:३

यसरी हेर्नुहोस् सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ रिजल्ट

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।

शनिबार कम्पनीले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गरिएको गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

सानिमाले गत साउन २० गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

प्रभु क्यापिटलको वेबसाइट वा सीडीएससीको वेबसाइटमा आईपीओ रिजल्ट हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१