close

बुटवल पुग्यो डिशहोमको फाइबरनेट

टेकपाना टेकपाना

साउन ३१, २०७८ १६:३४

बुटवल पुग्यो डिशहोमको फाइबरनेट

काठमाडौं । डिशहोम फाइबरनेट सेवा बुटवलमा समेत पुगेको छ । आक्रामक रुपमा बजार विस्तारमा जुटेको कम्पनीले आफ्नो इन्टरनेट सेवा बुटवलका विभिन्न स्थानमा विस्तार गरेको हो ।

आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत डिशहोम फाइबरनेटले अब बुटवलमा पनि उपलब्ध भएको घोषणा गरेको हो । कम्पनीका अनुसार बुटवलका १३ ओटा स्थानमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

डिशहोमको फाइबरनेट बुटवलको गोलपार्क, अमरपथ, बसपार्क एरिया, इँट्टाभट्टी, तीनकुने, मिलनचोक, देवी नगर, कालिकानगर, बिपि चोक, राम मन्दिर लाइन, दुर्गा मन्दिर लाइन, हाट बजार लाइन र हस्पिटल लाइनमा उपलब्ध भएको छ ।

डिशहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिशहोम गोको मोबाइल एप र वेब साथै एक्सभीओडी सेवा नि: शुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।  यसअघि कम्पनीको सेवा उपत्यका बाहिर हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा पनि उपलब्ध भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१