close

विश्वभरबाट कर्मचारी भर्ना गर्दै ह्वावे, यस्तो छ आवेदन दिन पाउने योग्यता ?

टेकपाना टेकपाना

साउन ३१, २०७८ १९:१४

विश्वभरबाट कर्मचारी भर्ना गर्दै ह्वावे, यस्तो छ आवेदन दिन पाउने योग्यता ?

काठमाडौं । ह्वावेले विश्वभरबाट विभिन्न पदमा कर्मचारीको माग गरेको छ । कम्पनीले अ अनुसन्धानकर्ता, टप माइन्ड शीर्षकमा कर्मचारीको माग गरेको छ भने अन्य विभिन्न पदका लागि चिनियाँ विश्वविद्यालयमा पढेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आह्वान गरेको छ ।

पोस्ट डक्टोरल अनुसन्धानकर्ताहरूले फाइभजी, सिक्सजी एआई, अल्गोरिदम प्रविधि, सेमिकन्डक्टर, क्लाउड, कम्प्युटिङ, स्मार्ट डिभाइस लगायतका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नुपर्ने छ । विगत तीन वर्षमा डक्टोरेट सकाएका र आउने तीन महिनामा आफ्नो अनुसन्धान सकाउने विद्यार्थीहरूले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै टप माइड अन्तर्गतको पदको लागि विश्वको जुनसुकै देशबाट जुनसुकै क्षेत्रको व्यक्तिहरू जसमा केही नयाँ गर्न सक्छु भन्ने सोच भएका र व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यी बाहेक अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भने सेल्स, फाइनान्स, सेवा, सप्लाई चेन, बिजनेस सपोर्ट, मानव संसाधन, कानूनी मामला लगायतका पदहरूमा आवेदन दिन सक्नेछन् । 

ह्वावेको सूचना अनुसार चिनियाँ कलेज र विश्वविद्यालयहरूबाट सन् २०२२ को जनवरी १ देखि सन् २०२२ को डिसम्बेर ३१ सम्म उत्तीर्ण हुने विद्यार्थीहरूले यो कामका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै विदेशीको हकमा सन् २०२१ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म उत्तीर्ण विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । 

ह्वावेले सेनजेन, बेइजिङ, साङघाई, हाङझाओ, नानजिङ, वुहान, जियान, छेङ्दु, डोङगुआन र सुझाओ लगायतका सहरमा रहेका कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक विद्यार्थीहरूले ह्वावेको आधिकारिक वेबसाइटमा गएर कामको लागि आवेदन दिन सक्नेछन् । दरबन्दीको पहिलो चरण पार गरेका विद्यार्थीहरूलाई अन्तर्वार्ताका लागि बोलाइने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१