close

फोन पेको नयाँ रेकर्ड, एक दिनमै १ अर्बको कारोबार

टेकपाना टेकपाना

साउन ३२, २०७८ १७:५७

फोन पेको नयाँ रेकर्ड, एक दिनमै १ अर्बको कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडले आफ्नो प्रणालीमार्फत एक दिनमा एक अर्ब रुपैयाँबराबरको कारोबार भएको जनाएको छ । पछिल्लो समय विद्युतीय कारोबार बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

एक अर्बकाे आँकडा पुरा गरेपछि सोमबार फोन पेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पुरा गर्न सहयोगी भूमिका खेल्ने फोन पे सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ ।

फाेन पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । यसकाे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने दुई लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।

एक करोड २५ लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१