close

नक्कली स्मार्ट लाइसेन्स बाँड्ने २ जना पक्राउ

टेकपाना टेकपाना

साउन ३२, २०७८ २२:१९

नक्कली स्मार्ट लाइसेन्स बाँड्ने २ जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका वडा न ६ मूलपानी स्थित राइजिङ एक्सपोर्ट ड्राइभिङ सेन्टरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर २, बुङमतीका ४६ वर्षीय प्रेम तुलाधर र खोटाङ ऐसेलुखर्क गाउँपालिका ६ घर भइ हाल मूलपानी बस्ने वर्ष ३१ की कल्पना दाहाल रहेका छन् । उनीहरूले यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरूले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उनका अनुसार तुलाधरले आफ्नै नाममा रहेको ०१-००-९८५७६९५३ नम्बर भएको सवारी चालक अनुमतिपत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङमा दिएका थिए । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मूलपानीबाट नियन्त्रणमा लिएको हो ।

दाहालको साथबाट ट्राफिक प्रहरीले गीता कुमारी ठकुरीको नाममा जारी भएको  ०१-०६-००६८३४३८ नम्बरको सवारी चालक अनुमतिपत्र  भएको नक्कली नगदी रसिद समेत बरामद गरेको छ । ट्राफिक प्रहरीका अनुसार उनीहरूले दर्जनौँ व्यक्तिसँग रकम लिएर नक्कली लाइसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवम् कानुनी कारबाहीको लागी प्रहरी वृत्त सिंहदरबारमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१