close

इन्टरनेट सम्बन्धी गुनासो निःशुल्क टिपाउन यस्ता छन् आईएसपीका टोल फ्री नम्बर

टेकपाना टेकपाना

भदौ ३, २०७८ १५:२४

इन्टरनेट सम्बन्धी गुनासो निःशुल्क टिपाउन यस्ता छन् आईएसपीका टोल फ्री नम्बर

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले केही समयअघि इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले अनिवार्य रुपमा टोल फ्री नम्बर राख्नुपर्ने निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा टोल फ्री नम्बर उपलब्ध गराउने इन्टरनेट सेवाप्रदायकको संख्या ८९ पुगेको छ ।

प्राधिकरणले टोल फ्री नम्बर अनिवार्य गरेसँगै पहिलो चरणमा चार सेवाप्रदायकले मात्रै सेवा सुरु गरेका थिए । प्राधिकरणको निर्देशन अवज्ञा गर्दै अन्य सेवाप्रदायकले टोल फ्री नम्बर उपलब्ध नगराएपछि प्राधिकरणले कारबाही गर्ने तयारी गरेको थियो ।

प्राधिकरण कारबाहीमा उत्रिने भएसँगै टोल फ्री नम्बर राख्ने सेवाप्रदायक थपिएका छन् । अनुमति पत्रको शर्त कार्यान्वयन गर्न र ग्राहकहरूको गुनासो समाधान गर्नका लागि भन्दै प्राधिकरणले सेवाप्रदायकलाई टोल फ्री नम्बर राख्न निर्देशन दिएको हो ।

सेवाप्रदायकले अनुमतिपत्रको शर्तअनुसार शुल्कसम्बन्धी विवरण निःशुल्क रुपमा उपलब्ध गराउनु पर्नेछ । साथै ग्राहकको गुनासो तोकिएको समयभित्र समाधान गर्नुपर्ने छ ।

तर इन्टरनेटको गुनासो गर्ने विषयमा कम्पनीहरूले राम्रो व्यवस्था नगर्दा ग्राहक मर्कामा परिरहेकाले सेवाप्रदायकले अनिवार्य रुपमा टोल फ्री नम्बर राख्नुपर्ने निर्देशक प्राधिकरणले दिएको थियो । यसको उद्देश्य ग्राहकले चाहेको समयमा सेवाप्रदायकलाई आफ्नो गुनासो टिपाउन सकुन् भन्ने हो ।

यस्ता छन् आईएसपीका टोल फ्री नम्बर

internet-1

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१