close

सेप्टेम्बरमा यसरी हुँदैछ एप्पल इभेन्ट, नयाँ के आउला ?

टेकपाना टेकपाना

भदौ ५, २०७८ १५:५२

सेप्टेम्बरमा यसरी हुँदैछ एप्पल इभेन्ट, नयाँ के आउला ?

काठमाडौं । एप्पलले सन् २०२१ को महत्वपूर्ण लञ्च इभेन्ट आउँदो सेप्टेम्बरमा गर्दै छ । सो अवसरमा कम्पनीले नयाँ के ल्याउला भनेर आम प्रविधिप्रमीले चासो राखिरहेका छन् ।

यसैबीच डिजि टाइम्सले सेप्टेम्बर महिनामा एप्पलले मल्टिपल लञ्च इभेन्ट गर्ने तयारी गरेको खबर प्रकाशन गरेको छ । सो महिनामा एप्पलले फरक फरक मितिमा दुई कार्यक्रम गर्दै नयाँ प्रडक्ट सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले आईफोन १३ सिरिज, नाइन्थ जेनेरेसनको इन्ट्री लेभलको आईप्याड, एप्पल वाच, नयाँ अपडेटसहितकाे एयरपड्स, म्याकबुक प्रो सहित विभिन्न उपकरणहरु ल्याउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यी प्रडक्ट फरक-फरक मितिमा हुने कार्यक्रमबाट सार्वजनिक हुने डिजि टाइम्सले जनाएको छ ।

स्राेतका अनुसार एप्पलको नयाँ जेनेरेशनको म्याकबुक प्रो पूर्ण रूपमा नयाँ स्वरूपमा डिजाइन गरिएको छ । १४ र १६ इन्च आकारमा म्याकबुक प्रो आउने बताइएको छ ।

यो एप्पलको ‘एम वान एक्स’ प्रोसेसरसँगै आउन सक्छ । विभिन्न सात कलर भेरियन्टमा उपलब्ध हुनसक्ने म्याकबुक प्रो म्याग्नेटिक म्यागसेफ चार्जर र एक्सटर्नल ड्राइभ र डिभाइसका लाथि केही पोर्टकाे सुविधासहित सार्वजनिक हुने चर्चा छ ।

एप्पल इभेन्टमा धेरैको ध्यान आईफोन १३ ले तानिरहेको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार नयाँ आईफोनहरुमा अपडेटेड क्यामेरा, सुधारिएको डिस्प्ले र सानो नच हुनेछ ।

साथै यी आईफोन मोडल एप्पलको ए१५ बायोनिक प्रोसेसरद्वारा सञ्चालित हुनेछन् । यसका प्रो मोडेलहरु १२० रिफ्रेस रेटको सपोर्टसहित प्रोमोशन डिस्प्लेसहित आउने अनुमान गरिको छ ।

त्यस्तै एप्पलले शक्तिशाली प्रोसेसरसहित नाइन्थ जेनेरेशनको आईप्याड मिनि पनि सार्वजनिक गर्न लागेकाे छ ।

विश्वव्यापी स्वास्थ्य सङ्क्रमणका कारण गत वर्षदेखि नै एप्पलले सम्पूर्ण लञ्च इभेन्टहरू भर्चुअल रुपमै गर्दै आएको छ । यसपटक पनि कम्पनीले अनलाइनबाटै नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरिरहेको विभिन्न स्रोतले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१