काठमाडौं । नेपाली बजारमा रियलमी ब्राण्डका रियलमी स्मार्टफोनमा पछिल्लो समय आकर्षण बढिरहेको छ । नेपाली बजारमा रियलमीका १३ हजारदेखि ३४ हजार रूपैयाँसम्मका स्मार्टफाेन उपलब्ध छ ।
आउँदो एक वर्षभित्र नेपालमा दोस्रो मुख्य ब्राण्ड बन्ने उद्देश्यसहित रियलमीले शंकर ग्रुपसँग साझेदारसमेत गरेको छ ।
स्थापना भएको तीन वर्षकाे अवधिमा कम्पनीले विश्वभर १० करोड स्मार्टफोन बजारमा उपलब्ध गराएकाे छ, जसले गर्दा रियलमी स्मार्टफोन बजारमा तीव्र बजार विस्तार गर्ने कम्पनीको रुपमा पनि स्थापित भएको छ ।
रियलमीले जीटी सिरिजमा हालै अन्तर्राष्ट्रिय बजारमा तीन नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । तर यी फोनमा नेपालमा कहिले आउँछ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।
यसैबीच हामीले नेपाली बजारमा उपलब्ध भएका रियलमीका स्मार्टफोनको पछिल्लो मूल्य सूची तयार पारेका छौं ।