close

थोरै मूल्यमा शानदार फिचर खोज्नेका लागि उपयुक्त- सामसङ ग्यालेक्सी एफ२२

हरिजङ्ग थापा हरिजङ्ग थापा

भदौ ६, २०७८ १३:१६

थोरै मूल्यमा शानदार फिचर खोज्नेका लागि उपयुक्त- सामसङ ग्यालेक्सी एफ२२

काठमाडाैं । सामसङले केही समयअघि सस्तो मूल्यमा धेरै फिचरसहितको नयाँ फोन ‘सामसङ ग्यालेक्सी एफ२२’ नेपाली बजारमा ल्याएकाे थियाे । ‘फुल अन फन’ भनेर प्रचार गरिएको यो फोनको पर्फर्मेन्स कस्तो छ त ? करिब एक हप्ता ग्यालेक्सी एफ २२ चलाएको अनुभवका आधारमा आज म यसको रिभ्यु गर्दैछु ।

मैले याे फाेन ६ जीबी र ४ जीबी दुवै भेरियन्ट चलाएर हेरें । यो झट्ट हेर्दा केहि समयअघि सार्वजनिक भएको एम३२ जस्तै देखिन्छ । कतिपय स्पेसिफिकेसन पनि उस्तै छन् । तर खुशीको कुरा मूल्य भने अलिक सस्तो छ ।

यस्तोमा यो फोन कस्ता प्रयोगकर्ताका लागि उपयुक्त होला त ? मूल्यसँगै फिचरसमेत हेरिसकेपछि ढुक्कसँग भन्न सकिन्छ, यो फोन अनलाइन क्लास लिइरहनु पर्ने विद्यार्थीहरुका लागि एकदमै उचित हुन सक्छ ।

९० हर्जको रिफ्रेश रेटसहित ६.४ इन्चकाे सुपर एमोलेड डिस्प्ले, त्यसमाथि उच्च क्षमताको ब्याट्री अनि ४८ मेगापिक्सेल लेन्ससहित क्वाड क्यामेरा सेटअप भएकाले यो फोन धेरै भिडिओ हेर्ने अनि फोटो खिच्नेहरुको लागि पनि राम्रो विकल्प हुन सक्छ ।

डिजाइन र डिस्प्ले 

कुरा सुरु गरौं यसको लुक्सबाट । सामसङले ल्याएका पछिल्ला स्मार्टफोनजस्तै यो फोनमा पनि ‘वाटर ड्रप नच’ दिइएको छ । जसलाई सामसङले ‘इन्फिनिटी यू डिस्प्ले’ भन्ने गरेको छ ।

यो सुपर एमोलेड डिस्प्लेमा गाेरिल्ला ग्लास फाइभको प्रोटेक्सन राखिएको छ । यसको मतलब यो फोनको स्क्रिन निकै बलियो छ । अनि स्क्र्याच प्रुफ नै नभए पनि अन्य ग्लासको तुलनामा यसमा स्क्रयाच कम हुन्छ ।

त्यस्तै यसको साइड र ब्याक प्यानल चाहिँ प्लास्टिकले बनेको छ। पछाडिपट्टि Denim प्याट्रन भएकाले यसमा औँलाको छाप बस्दैन ।

अब कुरा गरौं यसको डिस्प्लेको । मैले सुरूमै भनिसकें, यसमा ९० हर्जको रिफ्रेस रेटसहितको ६.४ इन्च सुपर एमोलेड डिस्प्ले राखिएको छ । जसले गर्दा यो स्मार्टफोन चलाउँदा एकदमै स्मुथ फिल हुन्छ ।

२०ः९ आस्पेक्ट रेसियाे भएपनि स्क्रिन भने एचडी प्लस मात्रै दिइएको छ। जसले गर्दा स्क्रिनमा भएका टेक्स्टमा Sharpness अलिक कम भएको जस्तो महसुस हुन्छ ।

अनि यस्तोमा भिडिओ हेर्दा पनि केही कम्प्रोमाइज गर्नुपर्ने हुन्छ। जस्तै युट्युवबाट भिडिओ हेर्दा १४४० पिक्सेलसम्मको अप्सन दिइएको त हुन्छ । तर स्क्रिन रेजाेलुसन भने एचडी प्लस मात्रै भएको हुँदा क्वालिटीमा कम्प्रोमाइज गर्नुको विकल्प हुँदैन ।

यही मूल्य हाराहारीमा कतिपय स्मार्टफोनहरुले फुल स्क्रिन रेजाेलुसन पनि दिइरहेका छन्। तै पनि फोनमा भएका अन्य विशेषताले गर्दा मूल्य अनुसार यो कुराले खासै मनखत नहोला ।

फोनमा ६०० निट्सकाे ब्राइटनेस छ । जसले Daylight मा पनि गेम खेल्न र कन्टेन्टहरु हेर्न गाह्रो हुँदैन। साथै फोनमा अल्वेज अन डिस्प्ले फिचर पनि छ, जसले फोनको स्क्रिन अफ हुँदा पनि ब्याट्री लाइफ, डेट, टाइमलगायतका जानकारी स्क्रिनमा देखिन्छ ।

अगाडिपट्टि रहेको सेल्फी क्यामेरा १३ मेगापिक्सेलकाे छ । सेल्फी पारखीहरुका लागि लो लाइटमा पनि चम्किलो फोटो खिच्न सेल्फी क्यामेरामा पनि फ्ल्यास लाइट दिइएको छ ।

यही मूल्यका अन्य फोनमा हत्तपत्त यो फिचर पाइँदैन । साथमा यो सेल्फी क्यामेरा फेस अनलकको लागि पनि प्रयोग हुन्छ । डे लाइटमा Daylight मा यसले मजाले काम गर्छ । फिङ्गरप्रिन्ट सेन्सर पनि एकदमै फास्ट भएकाले दिन होस् वा रात, स्क्रिन अनलकको लागि अन्य विकल्पको आवश्यकता खासै महसुस हुँदैन ।

दायाँतर्फ अन्य ग्यालेक्सी स्मार्टफाेना जस्तै Power Button छ । जसले फिङ्गरप्रिन्ट सेन्सरकाे समेत काम गर्छ । जसलाई लगातार दुई पटक थिच्ने हो भने डिफल्टमा क्यामेरा खुल्छ ।

क्यामेराको साटो आवश्यकताअनुसार अन्य एप खुल्नेगरी पनि यसलाई सेट गर्न मिल्छ। साथमा यो फोनमा Edge Panel फिचर पनि छ । जसले एपहरुमा एक्सेस गर्न सजिलो बनाउँछ ।

त्यसभन्दा माथि Volume Rocker बटन छ । यस्तै टप साइडमा Noise Cancellation राखिएको छ । साथमा बटन साइडमा ३.५ एमएमअडियो ज्याक पोर्ट, माइक, टाइप सी चार्जिङ पाेर्ट र स्पिकर छ ।

स्पिकरको कुरा आइहाल्यो । यो स्पीकरको क्वालिटी गज्जब छ त म भन्दिनँ । तै पनि Dolby Atmos अन गर्ने हो भने Earphone वा Headphone बाट भने आनन्दको Audio Quality मा सुन्न पाउनुहुनेछ ।

क्यामेरा 

बायाँ साइडमा सिम ट्रे राखिएको छ । जहाँ दुई वटा नानो सिमसँगै १ टीबीसम्मको माइक्राे एसडी कार्डका लागि डेडिकेटेड स्लट पनि छ। अब पछाडिपट्टि हेर्ने हो भने फ्ल्याश लाइटसहितको क्वाड क्यामेरा सेटअप छ ।

जसमा प्राइमरी क्यामेरा ४८ मेगापिक्सेलकाे छ । जसको क्वालिटीमा खोट लगाउनुपर्ने कारण खासै देखिँदैन। मैले खिचेका फोटोहरुले पनि यसलाई जस्टिफाई गर्न सक्छन् । र ४८ मेगापिक्सेलमा क्यामेरा सेट गरेर फोटो खिच्दा जुम गर्न चाहिँ मिल्दो रहनेछ ।

८ मेगापिक्सेलको वाइड एंगलले खिचेका फोटोहरु पनि कम छैनन्। यो लेन्सले १२३ डिग्रीसम्मको भ्यु एंगललाई क्याप्चर गर्न सक्छ। त्यस्तै समान २/२ मेगापिक्सेलको म्याक्रो लेन्स र डेप्थ सेन्सर छ । पाेट्रे्ट फोटोहरुमा डेप्थ फिल दिन यो सेन्सर निकै उपयोगी छ ।

यस्तै क्यामेराको More सेक्सनमा हेर्ने हो भने प्रो, पानाराेमा, नाइट म्याक्राेसँगै सँगै स्लाे माेशन र हाइपरल्याप्स मोडहरु पनि छन् । हाइपरल्याप्स खिच्नका लागि पनि नाइट माेडसँगै अन्य थुप्रै विकल्पहरु उपलब्ध छन् ।

साथमा AR Zone फिचरको मज्जा लिन पनि सकिन्छ । सेल्फी क्यामेरा १३ मेगापिक्सेलको छ। क्वालिटी पैसा अनुसार ठीकै छ। एक्स्ट्रा कुरा भनेको सेल्फी क्यामेरामा पनि Flash दिइएको छ। जसले रातको समयमा पनि सेल्फी राम्रै आउँछ ।

यो मोबाइलको अगाडि र पछाडि दुवैतिरको क्यामेराले Full HD भिडिओ खिच्न सक्छ । सेल्फी क्यामेरामा भिडियो स्टेबिलाइजेसनको अप्सन त छैन । तर प्राइमरी क्यामेरामा भने त्यो अप्सन छ ।

जसले भिडियोलाई राम्रैसँग Stabilize गर्छ । Stabilize on गरेर खिचेको भिडिओ र off गरेर खिचेको भिडिओमा धेरै नै अन्तर महसुस हुन्छ । त्यससँगै भिडओ खिच्दा हामीले विभिन्न फिल्टरहरु पनि प्रयोग गर्न सक्छौं ।

फोकसमा पनि खासै समस्या छैन। सेन्टर फोकस एकदमै राम्रो छ। सेन्टरमा कुनै अब्जेक्ट देखिने बित्तिकै फोकस मजाले सिफ्ट हुन्छ र ब्याकग्राउन्ड ब्लर देखिन्छ ।

अपरेटिङ सिस्टम, प्रोसेसर र पर्फर्मेन्स  

एम्३२, ए२२ लगायतका फोनमा जस्तै एफ२२ मा पनि एन्ड्राेइड ११ अपरेटिङ सिस्टमको साथमा २ गिगाहर्जको अक्टाकाेर प्राेसेसर प्राेसेसर छ । त्यस्तै चिपसेट पनि मिडियाटेक हेलियाे जी८० नै प्रयोग गरिएको छ ।

यो फोन किन्नेहरुका लागि त्यो चाहिँ एक हिसाबले फाइदाकै कुरा हो । One UI core version 3.1 रहेकाले विजेट अनि एप आइकनलगायतका कुराहरु पनि अन्य फोनहरुको जस्तै देखिन्छ । स्टाेरेजको कुरा गर्ने हो भने यो फोन दुई वटा भेरियन्टमा उपलब्ध छ । ४ जीबी र्‍याम भएको फोनमा ६४ जीबी स्टोरेज छ ।

यस्तै ६ जीबी र्‍याम भएकोमा चाहिँ १२८ GB स्टोरेज दिइएको छ। यो फोनको Storage Interface eMMC 5.1 हो । जुन चाहिँ UFS 2.0 भन्दा केही स्लो हुन्छ। यसको अर्थ एपहरु डाउनलोड, इन्स्टलसँगै लोड हुन अलिक समय लाग्छ ।

Performance को कुरा गर्ने हो भने मल्टिपल एप्लिकेसन खोल्दा समेत सामान्यतया फोन ह्याङ हुँदैन। सामाजिक सञ्चालहरु जति नै स्क्रोल गरे पनि ढुक्कले स्मुथ्ली नै चल्छ। सामान्य खालका गेमहरु खेल्न पनि कुनै समस्या छैन ।

पब्जी, फ्री फायर जस्ता गेम HD Setting High Frame Rate सेटिङमा पनि मजाले नै चल्छ । तर राम्रो Performance का लागि अलिक कम Quality को सेटिङमा राख्दा उचित हुन्छ । 

ब्याट्री र चार्जिङ

अब कुरा गरौं ब्याट्री लाइफ र यसको चार्जिङको। सुरुमै भनिहालेँ फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री छ । पावरफुल ब्याट्री भइकन पनि यो फोन बोक्दा खासै गरुङ्गो लाग्दैन ।

त्यो चाहिँ यसको विशेषता नै हो । फोनले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । तर बक्समा १५ वाटको चार्जर उपलब्ध छ ।

जसले फूल चार्ज गर्न दुई देखि अढाई घण्टासम्म लाग्छ । यो चाहिँ स्मार्ट जमानामा एकदमै सुस्त हो। सायद २५ वाटको चार्जरले चाहिँ एक डेढ घण्टामा फुल चार्ज हुन्छ होला । तर, फूल चार्ज गरेपछि भने करिब करिब दुई दिनसम्म ढुक्क हुन्छ । 

निष्कर्ष

संक्षेपमा भन्नु पर्दा याे फाेन २० देखि २५ हजार रेन्जमा धेरै समय टिक्ने  ब्याट्री, राम्रो स्क्रिन भएको फोन खोज्दै हुनुहुन्छ भने यो तपाईंका लागि एउटा गतिलो विकल्प हुन सक्छ । जसमा ब्याट्रीसँगै ९० हर्जको रिफ्रेश रेटसहित सुपर एमोलेड डिस्प्ले सम्झनलायक विषय हो ।

सँगै ४८ मेगापिक्सेको प्राइमरी क्यामेरा अनि सेल्फी क्यामेरामा भएको फ्ल्याशलाइटले पनि यो फोनलाई अब्बल हुन सघाएको छ ।

डेनिम ब्लाक, ह्वाइट र ब्लु कलर अप्सन रहेको यो फोन ४ र ६ जीबी र्‍याम अप्सनमा उपलब्ध छ। ४ जीबी र्‍याम भएको फोनमा ६४ जीबीको स्टोरेज छ भने यसको मूल्य नेपाली बजारमा २० हजार ४ सय ९९ रुपैँया तोकिएको छ ।

यस्तै ६ जीबी र्‍याम भएको भेरियन्टमा १२८ जीबी स्टोरेज दिइएको छ । जसको मूल्य २३ हजार ९ सय ९९ पर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१