close

एसुसको उत्कृष्ट सर्भर अब नेपालमा पनि

टेकपाना टेकपाना

भदौ ७, २०७८ १९:४४

एसुसको उत्कृष्ट सर्भर अब नेपालमा पनि

काठमाडौं । एसुसको उत्कृष्ट सर्भर टीएस१००-ई१० नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपाली कम्पनी नागमणी इन्टरनेशनलले नेपाली बजारमा ल्याएको यो मोडेलको सर्भर विशेष गरेर सर्भर म्यासेज ब्लक, वेब/प्रिन्ट/फाइल/ मेल सर्भर लगायत इन्ट्री स्टोरेज एप्लिकेशनका लागि लक्षित गरेर निर्माण गरिएको हो ।

इन्टेल सी२४२ चिपसेट सहितको मदरबोर्ड भएको यो सर्भरमा ९५ वाटको सीपीयू रहेको छ । डुयर इन्टेल गिगावाइट इथरनेट र एसुसको कन्ट्रोल सेन्टर सहितको यस सर्भरले कुनै पनि सर्भर अथवा कार्यक्षेत्रलाई व्यवस्थापन गर्नको लागि मद्दत गर्दछ ।

कुनै पनि व्यावसायको फाइलहरू एकै ठाउँमा केन्द्रिकृत गर्नेदेखि गहन कम्प्युटिङ टास्क गर्न यो सर्भरले सहयोग गर्दछ । सर्भरमा १६ जीबीको र्‍याम छ भने ७,२०० आरपीएम सहित एक टीबी स्टोरेज रहेको छ ।

त्यस्तै १२८ जीबी सम्मको मेमोरी सपोर्ट गर्ने चारवटा मेमोरी सल्ट पनि यस सर्भरमा उपलब्ध गराइएको छ । तीन सय वाट चार्जिङ सपोर्ट भएको यो सर्भरमा बेलायती पाउर कर्ड प्रयोग गरिएको छ ।

साथै सर्भरको पछाडिपट्टि एउटा किबोर्ड पोर्ट, एउटा माउस पोर्ट, ३.१ को दुईवटा, ३.० को दुईवटा र २.० को दुई वटा गरी कुल ६ वटा युएसबी पोर्ट छ ।

त्यस्तै एउटा भीजीए पोर्ट, दुईवटा ल्यान पोर्ट र तीनवटा अडियो ज्याक पनि रहेको छ । सर्भरको अगाडि ३.० को दुईवटा यूएसबी पोर्ट, २.० को दुईवटा युएसबी पोर्ट र एउटा हेडफोन पोर्ट रहेको छ ।

हाई ट्रान्सफर स्पिडको लागि १० जीबी प्रति सेकेन्डको युएसबी ३.१ प्रयोग गरिएको छ । आफ्नै सर्भर सुरु गर्नका लागि यो मोडेल एकदमै उपयोगी हुने कम्पनीको दाबी छ ।

विशेषगरी साना व्यावसायका लागि यो निकै नै उपयोगी हुनेछ । क्लाउड स्टोरेजको जमानामा पनि भौतिक रुपमा प्रयोग गरिने सर्भरको लागि यो सर्भर एकदमै उत्कृष्ट हुने कम्पनीको दाबी छ ।

नेपाली बजारमा यो सर्भरको मूल्य एक लाख ७२ हजार रुपैयाँ रहेको छ । तीन वर्षको रिप्लेस्मेन्ट वारेन्टी सहित यो सर्भर नागमणी इन्टरनेशनलले नेपाली बजारमा उपलब्ध गराएको छ ।      

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१