close

काठमाडौंमा साओमीको नयाँ सर्भिस सेन्टर

टेकपाना टेकपाना

भदौ ९, २०७८ १७:४४

काठमाडौंमा साओमीको नयाँ सर्भिस सेन्टर

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपालमा पाँचौं ‘मि स्टोर’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले पाँचौ मी स्टारेको रुपमा बुधबार कलंकीमा सेवा सञ्चालनमा ल्याएको हो । दुई सय वर्ग फुटको फैलिएको उक्त स्टोरमार्फत साओमी स्मार्टफोन तथा विभिन्न उपकरण खुद्रा मूल्यमा खरिद गर्न सकिने जनाइएको छ ।

यस त्रैमासिकसम्म मि स्टोरको संख्या दोब्बर गर्ने लक्ष्य गर्ने उद्देश्यका साथ यसको सुरुवात गरेको हो ।

‘यो साओमी नेपालका लागि एक विशेष माइलस्टोन हो,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘देशमा हाम्रो पाँचौं मि स्टोरसँगै हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्यका साथ अघि बढेका छौं । त्यसैका आधारमा हामीले देशभर मी स्टोर विस्तारलाई प्राथमिकताका साथ राखेका छौं । जसमार्फत ग्राहकले भर्खरै लन्च गरिएका उत्पादन सहज रुपमा खरिद गर्न सक्नेछन् ।’

साओमीका अन्य सर्भिस सेन्टर वीरगञ्ज, बुटवल, पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी, धनगढी र काठमाडौंमा रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१