close

भायानेटको इन्टरनेट जोड्दा एनसेलको डेटा निःशुल्क

टेकपाना टेकपाना

भदौ १०, २०७८ १४:१७

भायानेटको इन्टरनेट जोड्दा  एनसेलको डेटा निःशुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले एनसेलसँगको सहकार्यमा आकर्षक प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले एनसेल सिममा निःशुल्क ४८ जीबी डेटा सहितको ‘पर्पल प्याक’ सार्वजनिक गरेको हो ।

कम्पनीले अफर सार्वजनिक गर्दै सबैलाई सधैं कनेक्टेड राख्नको लागि एनसेलसँगको सहकार्यमा ‘अल इन वान, भायानेट पर्पल प्याक’ ल्याइएको जनाएको छ ।

‘अल इन वान’ नाम दिइएको यो प्याकेजमा ग्राहकले ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजमा १७५ च्यानल भएको भायाटिभीको साथमा एनसेलको निःशुल्क सिम पाउनेछन् । जसमा ४८ जीबी डेटा र थप सुविधा समेत रहनेछ ।

हाललाई काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध हुने यो अफरको मूल्य मासिक भ्याट बाहेक ८० एमबीपीएसको १६ सय रुपैयाँ रहेको छ भने १०० एमबीपीएसका लागि १८०० रुपैयाँ तोकिएको छ । प्याकेजमा प्राप्त हुने एनसेल नम्बरबाट भायनेटको कल सेन्टरमा रहेको एनसेल नम्बरमा निःशुल्क कल गर्न सकिनेछ ।

साथै एनसेलको सिममा भायानेटको एप समेत निःशुल्क रुपमा चलाउन सकिनेछ । ८० एमबीपीएस र १०० एमबीपीएसका दुवै प्याकेजमा तीन ओटा भाया टिभी उपलब्ध हुनेछन् ।

यस्तो प्याक सहित इन्टरनेट जडान गर्न चाहने नयाँ ग्राहकले फाइबर वाईफाई डिभाइसका लागि ५०० रुपैयाँ डिपोजिट राख्नुपर्नेछ भने ५ गिगाहर्ज वाई-फाईका लागि अतिरिक्त ३५०० रुपैयाँ बुझाउनुपर्नेछ । पर्पल प्याक अन्तर्गत प्राप्त हुने एनसेल सिममा प्रत्येक महिना चार जीबीका दरले एक वर्षसम्म कूल ४८ जीबी निःशुल्क डेटा प्राप्त हुनेछ ।

यस बाहेक प्रत्येक महिना एनसेलबाट एनसेलमा निःशुल्क रुपमा ५० मिनेट कल गर्न र ५० ओटा एसएमएस गर्न सकिनेछ । प्याकेजमा प्राप्त सुविधा एक वर्षसम्म मात्र लागु हुने बताइएको छ ।

यस्तै एनसेल सिममा भायानेटको एप प्रयोग गर्न प्रत्येक महिना एक जीबीसम्मको डेटा मात्र निःशुल्क हुनेछ । त्यस्तै एनसेल कल सेन्टरमा निःशुल्क कल गर्ने सुविधा पनि ९८०१०४६४१० मा मात्र लागु हुनेछ भने यसरी कल गर्दा हरेक महिना ५० मिनेटको सीमा राखिएको छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१