close

यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री

टेकपाना टेकपाना

भदौ ११, २०७८ १३:५

यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले यो वर्ष सबैभन्दा बढी हेरिएका कन्टेन्टबारे जानकारी सार्वजनिक गरेको छ । सन् २०२१ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक नगरेको भन्दै फेसबुकको पारदर्शीता माथि प्रश्न उठी रहेको थियो ।

फेसबुकमा सबैभन्दा बढी हेरिने कन्टेन्ट विवादित विषयसँग सम्बन्धित भएकाले फेसबुक प्रतिवेदन सार्वजनिक गर्नबाट पछि हटेको भन्दै आलोचना हुँदै आएको थियो । त्यसैलाई मध्यनजर गर्दै कम्पनीले ढिलै भएपनि उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

यस वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा धेरै हेरिएको कन्टेन्ट फ्लोरिडामा भएको चिकित्सक मृत्युको स्टोरीसँग सम्बन्धित रहेको छ । उक्त घटना कोभिड १९ को भ्याक्सिनसँग सम्बन्धित थियो । कोभिड १९ को भ्याक्सिनका कारण चिकित्सकको मृत्यु भएको अफवाहलाई फेसबुक प्रयोगकर्ताले धेरै हेरेको प्रतिवेदनमा उल्लेख छ ।

गत शनिबार फेसबुकका कम्युनिकेसन म्यानेजर एन्डी स्टोनले ट्विट गर्दै फेसबुकले रिपोर्ट जारी नगरेको विषयलाई लिएर गरिएको आलोचना अनुचित नभएको बताएका थिए । उनले फेसबुकले जनवरी देखि मार्चसम्मको रिपोर्टमा ढिलाई हुनुको पछाडि फेसबुकको आन्तरिक प्रणाली रहेको बताएका थिए ।

साथै उनले प्रतिवेदनमा सबैभन्दा धेरै हेरिएको लिंक विवादित विषयसँग सम्बन्धित भएकाले यसलाई सन्तुलन गर्नु पनि कम्पनीको लागि चुनौती पूर्ण भएको उल्लेख गरेका थिए । त्यही अनुसार फेसबुकले जारी गरेको प्रतिवेदनमा पनि विवादित विषयलाई नै सबैभन्दा धेरै हेरिएको सामग्रीका रुपमा प्रस्तुत भएको छ ।

यसरी विवादित विषयलाई सार्वजनिक गर्नुको स्पष्ट कारण भने फेसबुकले खुलाएको छैन् । जबकि कोभिड १९ को अफवाह सम्बन्धी समाचारहरू अहिले चर्चामा रहेका छन् ।

फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री

q1-content-transparency-report-v0-us-internal-copy-1

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१