close

गण्डकी प्रदेशका शिक्षकका लागि सूचना प्रविधि तालिम हुँदै, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

भदौ १२, २०७८ २०:४५

गण्डकी प्रदेशका शिक्षकका लागि सूचना प्रविधि तालिम हुँदै, यसरी दिनुहोस् आवेदन

काठमाडौं । गण्डकी प्रदेशको शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले प्रदेशका शिक्षकहरूका लागि सूचना प्रविधि तालिम सञ्चालन गर्ने भएकाे छ ।

मन्त्रालय अन्तर्गतको शिक्षा तालिम केन्द्रले इच्छुक शिक्षकका लागि आवेदन खुल्ला गरेको छ । शुक्रबारदेखि खुला भएको आवेदन भदौ २५ गतेसम्म केन्द्रको वेबसाइटबाट भर्न सकिनेछ ।

केन्द्रका अनुसार सूचना प्रविधिसम्बन्धी सात दिने यो तालिममा आधारभूत र माध्यमिक तहका शिक्षक सहभागी हुन सक्नेछन् ।

केन्द्रको सूचना अनुसार योभन्दा अगाडि सञ्चालित अनलाइनमा आधारित आईसीटी तालिममा सहभागी नभएका नेपाल सरकारको स्वीकृत स्थायी, अस्थायी, राहत र करार दरबन्दीमा कार्यरत शिक्षकहरूले यो तालिमको लागि आवेदन दिन सक्नेछन् ।

यद्यपि भौतिक रुपमा सम्पन्न हुन नसक्दा तालिम अनलाइन माध्यमबाट नै हुने भएको हुँदा डेस्कटप वा ल्यापटप र इन्टरनेटको पहुँचमा भएका शिक्षकहरूले मात्र आवेदन दिन केन्द्रले अनुरोध गरेको छ ।

आवेदन दिनको लागि यस लिंकमा गएर पनि विवरण भर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१