close

देशका कुन कुन ठाउँमा छ बाढीको खतरा ? अनलाइनबाट यसरी लिनुहोस् अपडेट

टेकपाना टेकपाना

भदौ १३, २०७८ ८:३७

देशका कुन कुन ठाउँमा छ बाढीको खतरा ? अनलाइनबाट यसरी लिनुहोस् अपडेट

काठमाडौं । मनसुनी वायुको प्रभावले अझै दुई दिनसम्म देशका अधिकांश भू-भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षाका कारण नदीमा बहाव बढ्दा बाढीकाे खतरा बढेकाे भन्दै पूर्वसतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

अर्काेतर्फ मनसुन सक्रिय हुँदा बाढीसँगै पहिराेकाे पनि खतरा छ । यसकारण वर्षा प्रभावित ठाउँका बासिन्दाले बाढी, पहिराेबारे पूर्वसूचना लिएर सावधानी अपनाउन अनुराेध गरिएकाे छ ।

यसअन्तर्गत विभागले हरेक दिन विहान ७ बजे बाढीपूर्वानुमानका लागि दैनिक बाढी बुलेटिन जारी गरेकाे छ । बुलेटिन पढ्न विभागकाे याे वेबसाइटमा गएर नाेटिस सेक्सनमा जानुपर्छ ।

आइतबारको बाढी पूर्वानुमान बुलेटिन पढ्न यहाँ क्लिक गर्नुहाेस् । साथै यही वेबसाइटबाट नियमित बाढीको अवस्था तथा बाढी पूर्वानुमानबारे जानकारी लिन सकिने विभागले जनाएकाे छ । साथै विभागकाे फेसबुक र ट्वीटर अकाउन्टबाट समेत अपडेट लिन सकिनेछ ।

त्यसैगरी विभागकाे टाेल फ्री नम्बर ११५५ मार्फत जारी हुने एसएमएसबाट तपाईंको क्षेत्रमा हुनसक्ने सम्भाव्य बाढीसम्बन्धी जानकारी लिन र सावधानी अपनाउन सक्नुहुन्छ ।

Flood-Bulletin_29Aug_2021_7AM-भदौ-१३_1630201040600

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१