close

प्रयोगकर्ताको व्यक्तिगत जानकारी बाहिरिएपछि टी–मोबाइलका सीईओले मागे माफी

टेकपाना टेकपाना

भदौ १३, २०७८ १२:१

प्रयोगकर्ताको व्यक्तिगत जानकारी बाहिरिएपछि टी–मोबाइलका सीईओले मागे माफी

काठमाडौं । अमेरिकाको वायरलेस मोबाइल नेटवर्क कम्पनी टी-मोबाइलका प्रमुख कार्यकारी अधिकृत माइक सिभर्टले डेटा लिकको विषयलाई लिएर माफी मागेका छन् ।

उनले प्रयोगकर्ताको व्यक्तिगत जानकारीलाई सुरक्षित बनाउन थप सुरक्षा मापदण्डमा कम्पनी काम गरिरहेको समेत बताए ।

यसअघि अगस्ट महिनाको सुरुवातमा कम्पनीको सर्भरमा भएको कमजोरीका कारण ह्याकरले पहुँच बनाउन सफल भएका थिए । जसमार्फत पाँच करोड प्रयोगकर्ताको डेटा लिक गरी डार्क वेबमा सार्वजनिक गरिएको थियो ।

साे डेटा ब्रिचमा प्रयोगकर्ताको नाम, ठेगाना, जन्ममिति लगायतका व्यक्तिगत जानकारी समावेश थियो । यो सँगै कम्पनीका सीईओले सिभर्टले माफी मागेका हुन् ।

उनले सिस्टमको थप सुरक्षाका लागि साइबर सुरक्षा फार्म म्यान्डियन्ट र कन्सल्टिङ फार्म केपीएमजी एलएलजीसँग सहकार्य भइसकेको समेत बताएका छन् ।

‘हामीले यस्तो खालको अवस्था सिर्जना हुन्छ भनेर कल्पनासमेत गरेका थिएनौं,’ सीईओ सिभर्टले सार्वजनिक रुपमा लेखेको पत्रमा भनिएको छ, ‘जब हामीले हाम्रो प्रयोगकर्ताको डेटा सुरक्षित गर्न सकेनौं भन्ने जानकारी प्राप्त गर्‍यौं, त्यो हाम्रा लागि सबैभन्दा कठिन समय थियो ।’

-एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१