close

दराजको नयाँ ‘ड्रप अफ पोइन्ट्स’ घोषणा, अब सामान फिर्ता गर्न सजिलो हुने

टेकपाना टेकपाना

भदौ १५, २०७८ १९:१३

दराजको नयाँ ‘ड्रप अफ पोइन्ट्स’ घोषणा, अब सामान फिर्ता गर्न सजिलो हुने

काठमाडौं । अनलाइन बजार दराजले ग्राहकका लागि अनलाइन शपिङ अझ सुविधाजनक बनाएको छ । भुक्तानी सेवाप्रदायक आईएमई पेसँग साझेदारी गर्दै दराजले देशका विभिन्न ठाउँमा ‘ड्रप अफ पोइन्ट्स’ सुरू गरेकाे छ ।

यस साझेदारीसँगै ग्राहकले सामान फिर्ता गर्न सहज भएकाे कम्पनीले जनाएकाे छ । ग्राहकले अब आफ्नो नजिककाे आईएमई पे हबमा गएर कुनै पनि उत्पादन सजिलैसँग फिर्ता गर्न सक्नेछन् ।

दराज जस्तो अग्रणी ईकमर्स र आईएमई पे जस्तो फिनटेक कम्पनीबीच यस हिसाबको साझेदारी नेपालमै पहिलो पटक भएको दराजले जनाएको छ ।

दराजको हब बाहेक अब ग्राहकले उपत्यकाभित्र र बाहिरका आईएमई पे हबहरुमा गई आफ्नो प्याकेज फिर्ता गर्न सक्नेछन् ।
●बज्र सब रेमिट- जोरपाटी, काठमाडौँ
●हेलो हाई कनेक्सन- जावलाखेल, ललितपुर
●सिम्पल सब मनि ट्रान्सफर- कोटेश्वर, काठमाडौँ
●पीबी ट्राभल्स एन्ड टुर्स – बुद्ध चोक, पोखरा
●सामभावी ट्रेडर्स- बैंक अफ काठमाडौँ, विराटनगर
●न्यु वीरगञ्ज मनि ट्रान्सफर- भानु चोक , वीरगञ्ज

यी ६ स्थानसँगै थप १८ वटा स्थान अर्को हप्ताभित्र खोलिने कम्पनीले जानकारी दिएको छ । अद्यावधिक स्थान सूची यहाँबाट पाउन सकिन्छ ।

यसैगरी ग्राहकले दराज एपमार्फत सामान फिर्ता गर्ने क्रममा दुई विकल्पको चयन गर्न पाउने छन् । पहिलो विकल्प अन्तर्गत ग्राहकले दराजको डेक्स राइडरलाई बोलाई आफ्नो सामान फिर्ता दिएर पठाउन सक्नुहुन्छ ।

दोस्रो विकल्प इच्छुक ग्राहक आफैं ‘ड्रप अफ पोइन्ट्स’ मा गई सामान छोड्न सक्नुहुन्छ ।

यदि दोस्रो विकल्प छनौट गरी ‘ड्रप अफ पोइन्ट्स’ मा गएर ग्राहकलाई फ्रन्ट डेस्क अपरेटरले सामान फिर्ता गर्ने प्रक्रियाहरुको सबै जानकारी दिनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३