close

ईयूको कानुन उल्लंघन गरेको भन्दै ह्वाट्सएपलाई ३१ अर्ब जरिवाना

टेकपाना टेकपाना

भदौ १८, २०७८ १७:१४

ईयूको कानुन उल्लंघन गरेको भन्दै ह्वाट्सएपलाई ३१ अर्ब जरिवाना

काठमाडौं । फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपलाई कानुन उल्लंघन गरेको भन्दै युरोपियन युनियन(ईयू) ले २६७ मिलियन डलर अर्थात ३१ अर्ब भन्दा बढी जरिवाना गरेको छ । आयरल्याण्डको डेटा प्रोटेक्सन कमिसन(डीपीसी) ले ईयुको डेटा प्राइभेसी नीति उल्लंघन गरेको भन्दै ह्वाट्सएपलाई कारबाही गरेको हो ।

ह्वाट्सएपले आफ्ना प्रयोगकर्तालाई डेटा कसरी शेयर गर्ने भन्ने विषयमा जानकारी नदिएको भन्दै कारबाही गरेको हो । यसका साथै प्यारेन्ट कम्पनी फेसबुकलाई डेटा कसरी शेयर भइरहेको छ भन्ने विषयमा समेत जानकारी नदिएको जनाइएको छ ।

त्यसैले डीपीसीले ह्वाट्सएपलाई डेटा शेयरको विषयमा प्रयोगकर्तालाई जानकारी गराउन समेत निर्देशन दिएको छ । तर, ह्वाट्सएपले भने यो विषयमा पुनरावेदनमा जाने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३