close

ह्वावे मेट ५० मा मोबाइल नेटवर्क बिनै एसएमएस पठाउन सकिने सुविधा

टेकपाना टेकपाना

भदौ १९, २०७८ १०:२०

ह्वावे मेट ५० मा मोबाइल नेटवर्क बिनै एसएमएस पठाउन सकिने सुविधा

काठमाडौं । केही दिनअघि मात्र टिएफ इन्टरनेशनल एनालिस्ट मिङ-चि कु‌ओले बहुप्रतिक्षित आईफोन १३ सिरिजमा क्वालकम एक्स६० बेसब्यान्ड चिप प्रयोग हुने बताएका थिए, जसले लो अर्थ अर्बिट स्याटेलाइटसँग कनेक्सन राख्नेछ ।

यद्यपि यो फिचर एकदमै सीमित हुने बताइएको छ । यो हल्ला सार्वजनिक भएको केही दिनपछाडि नै आईफोनको यो सुविधा अत्यावश्यक समयमा मात्र प्रयोग गर्न मिल्ने समाचार बाहिर आएको थियो ।

यसैबीच टिप्सटरले ह्वावेको मेट ५० सिरिजमा पनि एसएमएस सेवाका लागि स्याटेलाइटमा आधारित सेवा उपलब्ध हुने खुलासा गरेको छ ।

आपतकालीन अवस्था जस्तै विमान दुर्घटना, पानीजहाज दुर्घटना, आगलागी लगायत जटिल अवस्थामा प्रयोगकर्ताले आफ्नो पहिलो रेस्पोन्डरलाई एसएमएस (सर्ट म्यासेज सर्भिस) गर्नेछन् ।

ह्वावेको फ्ल्यागशिप मोबाइल मेट ५० सिरिजले बिडो स्याटेलाइट प्रणाली (Beidou satellite system) सपोर्ट गर्ने विबो टिप्सटरले गिजचाइनामार्फत जनाएको छ ।

अमेरिकी प्रतिबन्धका कारण ह्वावेको मेट सिरिजको लञ्च यो वर्ष केही ढिला हुन गएको छ । यसको अर्थ मेट ५० र मेट ५० प्रो २०२२ को पहिलो ६ महिनाभित्र सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि प्रयोगकर्तालाई स्याटेलाइट सेवा उपलब्ध गराउन ह्वावेको लागि यो राम्रो अवसर हुनसक्छ । बजारमा भने अमेरिकी प्रतिबन्ध हुँदाहुँदै पनि ह्वावेले आफूलाई स्मार्टफोनको दुनियाँमा नयाँ नयाँ कुरा आविष्कार गरिरहेको यो अर्को एउटा उदाहरण हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३