close

फेसबुक, ट्वीटर र टेलिग्रामलाई साढे ११ करोड बढी जरिवाना

टेकपाना टेकपाना

भदौ २०, २०७८ २०:६

फेसबुक, ट्वीटर र टेलिग्रामलाई साढे ११ करोड बढी जरिवाना

काठमाडौं । चर्चित सामाजिक सञ्जाल कम्पनीहरू फेसबुक, ट्वीटर र टेलिग्रामलाई रसियाली सरकारले कारबाही गर्ने भएको छ ।

यी कम्पनीहरूले रसियामा प्रतिबन्धित सामग्रीहरू आफ्नो प्लेटफर्मबाट नहटाएको भन्दै प्रस्तावित कारबाहीका लागि मस्को अदालतमा यसै महिनाभित्र उपस्थित हुन आदेश दिइएको छ ।

रसियाली अधिकारीले यी कम्पनीमाथि १० लाख डलर (साढे ११ करोड रुपैयाँभन्दा बढी) बराबरको जरिवाना लगाउने घोषण गरेका छन् । सेप्टेम्बर १४ मा हुने सुनुवाईमा यी प्रविधि कम्पनीहरुले रसियाका ९ वटा प्रशासनिक निकायसँग बहस गर्नुपर्ने छ ।

फेसबुकलाई पाँचवटा आरोप लगाइएको छ, जसमा साढे पाँच लाख अमेरिकी डलरको कुल जरिवाना लगाइएको छ । त्यसैगरी ट्वीटर र टेलिग्रामलाई दुई-दुई आरोपसहित चार लाख डलरभन्दा बढी जरिवाना लगाइएको छ ।

प्रतिवेदनले कुन सामग्रीलाई आपत्तिजनक ठानेको हो भन्ने खुलासा गरेको छैन ।

यसै महिना रसियाको इन्टरनेट निगरानी केन्द्र रोस्कोम्नाडजोरले फेसबुकलाई लगभग ६ लाख ७५ हजार अमेरिकी डलर जरिवाना लगाइसकेको छ । जसमा रसियाली नागरिकहरुको डेटा भण्डारणको सर्भर मर्मत नगरेको आरोपमा दुई लाख अमेरिकी डलर जरिवाना लगाइएको थियो ।

स्थानीय आवश्यकता विरुद्धको व्यवस्था बारम्बार उल्लङ्घन गरेको भन्दै ट्वीटरलाई दुई लाख ३३ हजार अमेरिकी डलर जरिवाना लगाइएको छ । त्यस्तै, फेसबुकको निगरानीमा रहेको ह्वाट्सएपलाई ५५ हजार अमेरिकी डलर जरिवानासहित एक हप्ताका लागि प्रतिबन्ध लगाइएको थियो ।

रोस्कोम्नाडजोरले गत मङ्गलबार एप्पल र गुगललाई स्मार्ट ‘भोटिङ एप’ हटाउन चेतावनी दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रतिद्वन्दीहरूले बनाएको उक्त एपले युनाइटेड रसिया पार्टीको विरुद्दमा भोट गर्न प्रेरित गर्ने भन्दै उक्त एप हटाउन भनिएको हो ।

गत जुलाईमा रोस्कोम्नाड्जोरले भ्रामक प्रचार गरेको भन्दै प्रतिद्वन्दीहरुका लगभग ५० वेबसाइटहरू बन्द गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३