close

ईसेवाबाट नेपाल लाइफको बीमा शुल्क तिर्दा आकर्षक क्यासब्याक, साथै आईफोन १२ जित्ने मौका

टेकपाना टेकपाना

भदौ २१, २०७८ १५:४

ईसेवाबाट नेपाल लाइफको बीमा शुल्क तिर्दा आकर्षक क्यासब्याक, साथै आईफोन १२ जित्ने मौका

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ ।

बिमितहरूले ईसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशतदेखि रू. एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आईफोन १२ जित्न सकिने छ ।

कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जोकोही पनि सहभागी हुन सकिनेछ । आईफोन विजेता गोलाप्रथा माध्यमबाट छानिने छ ।

आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ताभित्र शुल्क भुक्तानी गर्नुपर्नेछ । ईसेवाले अनलाइनमार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३