close

डेटाको औषत मूल्य साढे ५ पैसा मात्रै : टेलिकम

टेकपाना टेकपाना

भदौ २१, २०७८ १५:५७

डेटाको औषत मूल्य साढे ५ पैसा मात्रै : टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आफ्नो डेटा सेवाको औषत मूल्य साढे ५ पैसा मात्रै रहेको दाबी गरेको छ । चार वर्षको अवधिमा प्रति एमबी डेटाको औषत मूल्य ९६ पैसाबाट साढे ५ पैसामा झरेको टेलिकमको दाबी छ ।

टेकिमले आफ्नो पछिल्लो अवस्थाको बारेमा जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता राजेश जोशीले सन् २०१७ मा टेलिकमको प्रति एममी डेटाको औसत मूल्य करिब एक रुपैयाँ रहेको भए पनि अहिले यो घटेर साढे ५ पैसामा सीमित भएको दाबी गरे ।

डेटा र भ्वाइस सेवाको औषत मूल्य निकै कम रहेकाले ग्राहक वृद्धि हुँदा पनि टेलिकमको आयमा वृद्धि हुन नसकेको उनको तर्क थियो ।

भ्वाइस सेवातर्फको औषत मूल्यमा पनि उल्लेख कमी आएको जोशीको दाबी छ ।

उनका अनुसार सन् २०१७ मा टेलिकमको ६० मिनेटको भ्वाइस सेवा लिँदा लाग्ने औषत खर्च करिब ४० रुपैयाँ थियो । तर, अहिले टेलिकमको नेटवर्क प्रयोग गरी ६० मिनेट भ्वाइस सेवा लिँदा औषत लागत १८ रुपैयाँमात्रै लाग्छ ।

टेलिकमले विभिन्न भ्वाइस र डेटा प्याकमार्फत महसुलमा छुट दिएकाले प्रति इकाई आम्दानी कमी आएको जोशीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३