close

साथीमार्टको नयाँ आउटलेट मैतिदेवीमा, ग्राहकले ३५ प्रतिशत छुट पाउने

टेकपाना टेकपाना

भदौ २३, २०७८ १८:३१

साथीमार्टको नयाँ आउटलेट मैतिदेवीमा, ग्राहकले ३५ प्रतिशत छुट पाउने

काठमाडौं । नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुविधासहित आएको साथीमार्टले काठमाडौको केन्द्र मैतिदेवीमा ७६औँ आउटलेट सञ्चालनमा ल्याएको छ ।

सुरु भएको एक बर्ष नपुग्दै मेचीदेखि महाकालीसम्म फैलिएर नेपालकै ठूलो रिटेल चेन बन्न सफल साथीमार्टको मैतिदेवी आउटलेट फेन्चाइज नभई साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्व (कोको मोडल) मा रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोखरेलले बताए ।

आउटलेट काठमाडौंको मध्यक्षेत्रमा रहेकोले ब्राण्ड भ्यालु तथा स्टोरको बिक्रीमा समेत साकरात्मक प्रभाव पर्ने पोखरेलकाे अपेक्षा छ । उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

स्टोरमा ग्राहकले ३५ प्रतिशतसम्मको आकर्षक छुट, फल्याश सेल, डिल अफ द मन्थजस्ता अफर गरी ग्राहकलाई सहुलियत दिइने बताइएको छ ।

ब्राण्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप विशेषता रहने छन् ।

साथीमार्टका आफ्नै उत्पादन पनि विशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ । होम डेलीभरी, पिक अप, अफिलिएट समेतको सुविधा नयाँ आउटलेटमा उपलब्ध हुनेछ । करिब ८० लाखको लगानीमा सुरु गरिएको पोखरेलले जानकारी दिए ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान विशेष छुटमा उपलब्ध छन् ।

त्यसका साथै यस आर्थिक वर्षभित्र फ्रेन्चाइजबाहेक साथीमर्टकै लगानीमा नेपाल विभिन्न सहरमा १० वटा  आउटलेट खोलिने पोखरेलले बताए । एफीलीएट योजना समेत सुरु हुने भएकाले केही महिनामै काठमाडौंका हजरौ युवाले स्वरोजगार हुने मौका पाउने संस्थापक सीईओ पाेखरेलले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५