close

ब्लुटुथ ५.० सहित र्‍यापुको नयाँ स्मार्ट अडियो ग्लास नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

भदौ २७, २०७८ १४:२६

ब्लुटुथ ५.० सहित र्‍यापुको नयाँ स्मार्ट अडियो ग्लास नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । चीनको प्रतिष्ठित ब्राण्ड र्‍यापुले नेपाली बजारमा पनि आफ्नो स्मार्ट अडियो ग्लास सार्वजनिक गरेको छ ।

‘इन्टलिजेन्ट सेल्फ’ थिम सहित २०२० को अन्त्यतिर सार्वजनिक भएको यो ‘जेड’ सिरिज अन्तर्गतको स्मार्ट अडियो ग्लास नेपाली बजारमा नागमणी इन्टरनेशनलले भित्र्याएको हो ।

‘जेड’ सिरिज अन्तर्गत ‘जेड वान स्पोर्ट’ र ‘जेड वान स्टाइल’ गरी दुई स्मार्ट ग्लास बजारमा उपलब्ध छ ।

विशेषगरी युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएको जेड वान स्पोर्ट ग्लासमा ब्लुटुथ अडियो कनेक्सन उपलब्ध छ ।

एन्टी ब्लुलाइट फ्रेम भएको यो ग्लासमा रिमुभेबल लेन्स उपलब्ध भएको हुँदा प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार अप्टिकल लेन्स अथवा सनग्लास प्रयोग गर्न सक्छन् ।

टीआर ९० ग्लास प्रयोग भएकोले यो चस्मा हलुको र बलियो भएको कम्पनीको दाबी रहेको छ ।

त्यसैगरी यसको अप्टिकल लेन्समा पनि एन्टी ब्लु लाइट फङसन रहेको छ, जसले इलेक्ट्रोनिक स्क्रिनमा करिब ९० प्रतिशतसम्मको ब्लु लाइट फिल्टर गर्न सक्छ ।

त्यसैगरी यसमा एन्टी अल्ट्राभायलेट फङसनसहितको टीएसी पोलाराइजर ग्लास प्रयोग गरिएको छ ।

त्यसैले तपाईं यो चस्मा दैनिक प्रयोग पनि गर्न सक्नुहुन्छ । अडियोतिर भने चस्माको दुवैतिर चारवटा साउन्ड गाइड होल्स सहितको फुलरेन्ज स्पिकर प्रयोग गरिएको छ ।

यसले तपाईंको दुवै कानमा समानान्तर रुपमा अडियो प्रसारण गर्न मद्दत गर्दछ । यो ग्लास गेम खेल्नको लागि उपयोगी हुने कम्पनीको भनाई रहेको छ । 

त्यस्तै अडियोमा दुईवटा मोडहरू रहेका छन्; इन्डोर र आउटडोर, जसले तपाईं भित्र हुँदा र बाहिर हुँदा फरक फरक आवाजको अनुभव गर्न सकिन्छ ।

यसमा ब्लुटुथ ५.० प्रयोग गरिएको छ । हाई सेन्सिटिभ माइक्रोफोन प्रयोग भएको यो चस्मा भोइस कलको लागि पनि उत्तिकै उपयोगी हुनसक्छ ।

त्यस्तै चस्मामा मल्टिमिडिया की, आवाज ठूलो र सानो बनाउने की पनि छ । एक पटक फुल चार्ज गरिसकेपछि चस्मा पाँच घण्टासम्म आरामले प्रयोग गर्न मिल्नेछ ।

कालो रंगमा उपलब्ध यसको नेपाली मूल्य करिब १९,८७५ रुपैयाँ पर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५