close

ओप्पोको दशैं अफर, स्मार्टवाचदेखि स्मार्टफोनसम्म जित्ने अवसर

टेकपाना टेकपाना

भदौ २७, २०७८ १५:२४

ओप्पोको दशैं अफर, स्मार्टवाचदेखि स्मार्टफोनसम्म जित्ने अवसर

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले बडा दशैं २०७८ लाई लक्षित गर्दै ‘बडा दशैंको लहर, ओप्पोको अफर’ नामक योजना सार्वजनिक गरेको छ ।

यसअन्तर्गत उपभोक्ताले अभियान अवधिभर ओप्पोका उत्पादन खरिद गरी विभिन्न आकर्षक उपहार जित्ने सक्नेछन् ।

‘ग्लोबल कम्पनीका रुपमा ओप्पोले आफ्नो सेवालाई सँधै स्थानीयकरण गर्दै आएको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकतामा परेको बजार हो,’ ओप्पो नेपालका ब्राण्ड डिरेक्टर पियरसन शेनले भने ।

नेपालकाे संस्कृति, परम्परा र विविधतालाई ध्यानमा राख्दै महान चाड बडा दशैंको अवसरमा यो योजना ल्याएकाे उनले बताए ।

यो योजना आइतबार अर्थात सेप्टेम्बर १२ बाट सुरु भएको छ भने अक्टोबर १८ सम्म चल्नेछ । यो अवधिभर कुनैपनि ओप्पोका उत्पादन खरिद गरी अभियानमा सहभागी हुन सकिने छ ।

सहभागिताका लागि उपभोक्ताले यस लिंकमार्फत लगइन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।

यसरी सहभागीमध्येबाट हरेक हप्ता लक्की ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताले ओप्पो एफ१९ प्रो, ओप्पो एफ१९, ओप्पो ब्याण्ड, ओप्पो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायतका आकर्षक उपहार जित्न सक्नेछन् ।

विजेताको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार क्याम्पेन अवधिभर लक्की ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्की ड्रमा सहभागिता हुने सक्नेछन् । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जीत हात पार्ने अवसर प्राप्त गर्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५