close

के इन्टरनेट सेवाप्रदायकले भीपीएन प्रयोग गरेको थाहा पाउँछन् ?

टेकपाना टेकपाना

भदौ २७, २०७८ २१:३

के इन्टरनेट सेवाप्रदायकले भीपीएन प्रयोग गरेको थाहा पाउँछन् ?

इन्टरनेटमा गोपनीयताका लागि भीपीएन प्रयोग गर्नु उपयुक्त तरिका हो । यसमार्फत आईपी एड्रेस परिवर्तन हुने हुँदा प्रयोगकर्ताको जानकारी लुकाउन सहज हुन्छ ।

किनभने तपाईंले अन्य कुनै देश छनोट गरेर उक्त देशको आईपी एड्रेसमा इन्टरनेट प्रयोग गर्न सक्नुहुन्छ । त्यसैले पनि आजकल धेरैले भीपीएन प्रयोग गरिरहेका हुन्छन् ।

यसरी भीपीएन प्रयोग गर्दा कतिपय समयमा तपाईंलाई कतै इन्टरनेट सेवाप्रदायक (आईएसपी) ले थाहा त पाउँदैनन भन्ने प्रश्न पनि आउन सक्छ । सँगै थाहा पाउँदा त्यसले केही असर गर्छ त भन्ने पनि हुन सक्छ ।

त्यसैले यहाँ हामी तपाईंलाई दुई जिज्ञासाको जवाफ दिँदै छौं । पहिलो प्रश्न अर्थात, के तपाईंको आईएसपीले तपाईंले भीपीएन प्रयोग गरेको थाहा पाउँछ त भन्ने हो ।

यसको सहज जवाफ भनेको आईएसपीलाई प्रयोगकर्ताले भीपीएन प्रयोग गरिरहेको थाहा हुन्छ भन्ने नै हो । यसको कारण भीपीएनले काम गर्ने प्रक्रिया पनि हो ।

जब तपाईं भीपीएन बिना इन्टरनेट प्रयोग गर्नुहुन्छ, त्यसेबला तपाईंको डिभाइसबाट इन्टरनेट सेवाप्रदायकसँग सिधा कनेक्सन हुन्छ ।

तर, जब तपाईंले भीपीएन प्रयोग गर्नुहुन्छ भने तपाईं इन्टरनेट सेवाप्रदायक हुँदै भीपीएनको सर्भरमा पुगेर तपाईंले खोल्नुभएको साइटमा कनेक्ट हुन्छ ।

त्यो हुँदा भीपीएन प्रयोग गरेको खण्डमा आईपी एड्रेस परिवर्तन हुन्छ र तपाईंले खोल्नुभएको साइटले भने तपाईं कहाँबाट हो र को हो भन्ने कुरा पत्ता लगाउन सक्दैन ।

यदि तपाईंले भीपीएन खोलेर इन्कग्निटो मोड प्रयोग गर्नुभएको छैन भने चैं सेवाप्रदायक र वेबसाइट दुवैले सहजै पत्ता लगाउन सक्छन् । त्यो हुँदा भीपीएन खोलेर इन्कग्निटो मोड प्रयोग गर्नु सबैभन्दा उपयुक्त हुन्छ ।

यसरी भीपीएन प्रयोग गर्दा तपाईंले फेक आईपी एड्रेसमार्फत वेबसाइटमा जोडिने हुँदा आईएसपीले तपाईंले प्रयोग गरिरहेको आईपी एड्रेस बाहेक अन्य कुरा पत्ता लगाउन सम्भव नहुन सक्छ ।

के आईएसपीलाई तपाईंले भीपीएन प्रयोग गरेको केही फरक पर्छ ?

यो फरक प्रश्न हो । किनभने यो प्रयोगकर्ताको लोकेसनका आधारमा फरक पार्न सक्छ ।

तर, सामान्यत आईएसपीका लागि तपाईंले भीपीएन प्रयोग गरे/नगरेकोले त्यति महत्व राख्दैन ।

कतिपय देशमा भीपीएनमाथि नै प्रतिबन्ध लगाइएको छ । त्यस्ता देशमा भने आईएसपीले कतै प्रयोगकर्ताले भीपीएन प्रयोग गरिरहेका छन् कि भनेर हेरिरहेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१