close

ओप्पोले सार्वजनिक गर्यो नयाँ कलर ओएस ट्वेल्भ

टेकपाना टेकपाना

असोज १, २०७८ १९:५

ओप्पोले सार्वजनिक गर्यो नयाँ कलर ओएस ट्वेल्भ

काठमाडौं । ओप्पोले आफ्नो एन्ड्रोइडमा आधारि अपरेटिङ सिस्टम कलर ओएसको नयाँ संस्करण सार्वजनिक गरेको छ । ओप्पोले सार्वजनिक गरेको कलरओएस ट्वेल्भ चीनमा रहेका ओप्पोका प्रयोगकर्तासँगै वानप्लस फोनका प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउँनेछन् ।

वानप्लसले यसअघि नै आफ्नो अपरेटिङ सिस्टमको कोडलाई कलरओएसकोसँग जोड्ने घोषणा गरिसकेको छ । यो घोषणासँगै यो वर्षको सुरुवातदेखि नै वानप्लस फोनमा कलरओएस चल्न थालिसकेको छ । दुवै कम्पनीले अपरेटिङ सिस्टम बाहेक अन्य कामको लागि पनि सहकार्यको घोषणा गरिसकेका छन् ।

कलरओएस ट्वेल्भ सार्वजनिक भए पनि यसको डिभाइसन कलरओएस इलेभेनभन्दा धेरै फरक नभएको विश्लेषकको दाबी छ । अपरेटिङ सिस्टमको नयाँ संस्करणमा रङसहित स्क्रिन डिभाइनमा केही परिवर्तन गरिएको छ ।

यस्तै, अपरेटिङ सिस्टमको नयाँ संस्करणमा आइकनको डिभाइन पनि केही परिवर्तन गरिएका छन् ।

कलरओएस ट्वेल्भ एन्ड्रोइड ट्वेल्भ अपरेटिङ सिस्टममा आधारित भएकाले एन्ड्रोइडकै प्राइभेसी टूल प्रयोग गरिएको छ ।

कलरओएस ट्वेल्भ सुरुमा ओप्पोको फोटोग्राफी फोन फाइन्ड एक्सथ्रीप्रो फोनमा उपलब्ध हुनेछ । केही सातापछि विश्वभरका आफ्ना १५ करोड बढी प्रयोगकर्ताले कलरओएस ट्वेल्भ प्रयोग गर्न सक्ने ओप्पोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१