close

नेपाली बजारमा भोलि सार्वजनिक हुँदै रेड्मी १० प्राइम

टेकपाना टेकपाना

असोज २, २०७८ १२:५९

नेपाली बजारमा भोलि सार्वजनिक हुँदै रेड्मी १० प्राइम

काठमाडौं । नेपाली बजारमा भोलि साओमीको रेड्मी १० प्राइम सार्वजनिक हुने भएको छ । ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित याे फाेन पूर्ववर्ति रेड्मी ९ प्राइमको तुलनामा उल्लेख्य अपग्रेडसहित आउने कम्पनीले जनाएकाे छ ।

यसमा पञ्च होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, मिडियाटेक हेलियो जी८८ चिपसेट लगायतका फिचर छन् ।

त्यस्तै फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ भने स्क्रिन प्राेटेक्सनका लागि काेर्निङ गाेरिल्ला थ्री छ ।

याे फाेन ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज तथा ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।

साथै कम्पनीले फोनमा भर्चुअल रूपमा २ जीबी र्‍याम थप्न मिल्ने सुविधा दिएको छ ।

यो फोन नेपाली बजारमा २० देखि २५ हजार रूपैयाँभित्र उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१